नेपाल वायु सेवा निगमको महाप्रबन्धकमा पाइलट दीपु ज्वारचन नियुक्त
९ असार, काठमाडौं । नेपाल वायु सेवा निगमको महाप्रबन्धकको जिम्मेवारी वरिष्ठ क्याप्टेन दीपु ज्वारचनले प्राप्त गरेका छन् । कार्यकारी अध्यक्ष युवराज अधिकारी निलम्बनमा परेपछि रिक्त रहेको निगमको कार्यकारी प्रमुखको जिम्मेवारी ज्वारचनले प्राप्त गरेका हुन् ।
संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम आलेको मन्त्रीस्तरीय निर्णयबाट ज्वारचनलाई महाप्रबन्धकको कामकाज गर्नेगरी नियुक्ति दिइएको हो ।
यसअघि निगमको अप्रेसन निर्देशक रहेका ज्वारचनले बरिष्ठ क्याप्टेनको हैसियतमा न्यूनतम उडान गर्नेगरी जिम्मेवारी पाएका हुन् । सरकारले निगमका प्रबन्ध निर्देशक डिमप्रसाद पौडेललाई हटाइसकेको छ भने कार्यकारी अध्यक्ष अधिकारीमाथि छानबिन समिति बनेसँगै निलम्बनमा परेका छन् ।
पछिल्लो समय प्रशिक्षक पाइलटको जिम्मेवारीमा रहेका ज्वारचन करिब १३ वर्ष निगमको व्यवस्थापकीय जिम्मेवारीमा समेत रहेकाले उनले निगमको अस्तव्यस्त अवस्थामा सुधार ल्याउने अपेक्षा कर्मचारीले गरेका छन् । कोभिड महामारीको बेला अत्यवाश्यक स्वास्थ्य सामग्री ढुवानी गर्ने सन्दर्भमा ज्वारचन अग्रपंक्तिमा थिए ।
राजनीतिक र आर्थिक विवादमा नपरेका र निगमकै वरिष्ठ पाइलटलाई सरकारले कार्यकारी जिम्मा दिएकोमा आन्तरिकरूपमा सबैले सन्तुष्टि व्यक्त गरेका छन् । निगमको सुधारका लागि ज्वारचनले चाँडै नै आफ्नो योजना अघि सार्ने भएका छन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply