वीरेन्द्रनगर ‘बर्डफ्लु’ संक्रमित क्षेत्र घोषणा
९ असार, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा भेटिएको ‘बर्डफ्लु’ नियन्त्रण गर्न संक्रमित क्षेत्र घोषणा गरेर डिस्पोजल टोली परिचालन गरिएको छ । बिहीबार बिहान वीरेन्द्रनगर नगरपालिका–३ का स्थानीय टेकराज आचार्यको पंक्षी फर्ममा रहेका टर्कीमा ‘बर्डफ्लु’ पुष्टि भएको थियो ।
बर्डफ्लु देखिएलगत्तै जिल्ला प्रशासन कार्यालयमा बसेको प्राविधिक समितिको बैठकले नियन्त्रणका लागि आवश्यक तयारी थालिएको हो । सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालका अनुसार पूर्वमा हरिडिल भूमि मावि जाने बाटो, पश्चिममा राना टोलको पिच बाटो, उत्तरमा जुम्ला रोड र दक्षिणमा राना टोलको ग्राभेल बाटो भित्रको एरियालाई बर्डफ्लु संक्रमित क्षेत्र घोषणा गरिएको छ । बर्डफ्लु भेटिएको फर्ममा एक हजार ५ सय टर्की रहेका छन् ।
प्रमुख जिल्ला अधिकारी रिजालले पंक्षी तथा पंक्षीजन्य व्यवसायबाट संलग्न व्यवसायी तथा आम उपभोक्ताले सतर्कता अपनाई व्यापार, व्यवसाय सञ्चालन गर्न तथा उपभोग गर्न अनुरोध गरेका छन् । पशु चिकित्सकको टोली सो क्षेत्रमा गएर थप अनुसन्धान गरिरहेको बताइएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply