को को छन एसएसपी बढुवाको लाइनमा ?
१४ असार,काठमाडौं । नेपाल प्रहरीको रिक्त ३२ वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि प्रहरी उपरीक्षक (एसपी) हरुको दौडधुप सुरु भएको छ । गृह मन्त्रालयले असार ८ गते १७ जना एसएसपीलाई प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवा सिफारिश गरेसँगै रिक्त एसएसपीका लागि दौडधूप शुरु भएको हो ।
एसएसपी बढुवाको प्रतिस्पर्धामा २०७४ साउन १९ गते बढुवा भएका ३५ जना मध्ये ३३ जना एसपी छन् । बाँकी २ जनाले यसअघि नै अनिवार्य अवकाश पाएका छन् । सो मितिमा बढुवा भएका एसपीहरुमा गणेश चन्द, ओमबहादुर राना, राजन अधिकारी, ईश्वर कार्की, मनोजकुमार केसी, दानबहादुर कार्की लगायतका छन् ।
२०५३ मा भर्ना भएर राष्ट्रिय अनुसन्धानबाट आएका १९ जना पनि बढुवाको लागि शक्तिकेन्द्र धाइरहेको बुझिएको छ । तर, बढुवा गर्दा प्रहरी नियमावलीको नियम ३० को उपनियम २ अनुसार कार्यसम्पादन मूल्यांकन, ज्येष्ठता, भौगोलिक क्षेत्रमा काम गरेको अनुभव, शैक्षिक योग्यता, तालिम, चूनौतीपूर्ण वा विशेष जिम्मेवारी लाई आधार मान्नुपर्ने उल्लेख छ । यसो गर्दा ०७५ जेठ २९ मा एसपीमा बढुवा भएकाहरु पनि पर्ने देखिन्छ । बढुवामा ज्येष्ठतालाई मात्र आधार नमानेर कार्यसम्पादन मूल्यांकन, शैक्षिक योग्यता, चुनौतीपूर्ण जिम्मेवारीलाई पनि हेर्नुपर्ने र यसो गर्दा पछिल्ला व्याजीको पनि बढुवा हुनसक्ने गृह मन्त्रालय स्रोतले बतायो ।
त्यसो त, प्रहरीतर्फ भर्ना भएकाले आफूहरुले द्वन्द्वको समयमा फिल्डमा गरेको कामको अवमूल्यन हुने गरी राष्ट्रिय अनुसन्धानबाट आएकालाई अगाडि ल्याउन नहुने तर्क गर्ने गरेका छन् । यो तर्कमा गृह मन्त्रालयसमेत सकारात्मक रहेको बुझिएको छ । पछिल्ला व्याजीहरुबाट योग्य र प्रोफेसनल अधिकृतहरुलाई एसएसपीमा बढुवा गर्दा बसन्त रजौरे, सोमेन्द्रसिंह राठौरे, भूपेन्द्रबहादुर खत्री, गंगा पन्त, प्रवीण पोखरेललगायतका एसपी पनि एसएसपीमा बढुवा हुनसक्ने देखिन्छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply