एसपीपीका सम्पूर्ण चिठी संसदमा ल्याउन प्रधानमन्त्रीलाई नेता नेम्वाङको आग्रह
१६ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका उपनेता तथा संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको विषय छानबिन हुनुपर्ने बताएका छन् ।
आज ६४ औं संसद दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेम्वाङले सांसदले यस्तो गम्भीर विषय उठाउँदा पनि त्यसै छाड्दा संसद् कमजोर हुँदै जाने बताए । अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माण गर्ने क्रममा अर्थ मन्त्रालयकै भन्सार विभागबाट २०७५ फागुन १ गते नायबसुब्बा पदबाट राजीनामा दिएका रघुनाथ घिमिरेलाई जेठ १४ गते मध्यराति बजेटमा हेरफेरमा संलग्न गराएको विपक्षी दलका नेताहरुले आरोप लगाउँदै आएका छन् ।
अर्थमन्त्री शर्माले घिमिरे कार्यकक्षमा पस्ने बित्तिकै चुकुल लगाउन निर्देशन दिएर मन्त्रालयका कर्मचारीलाई घिमिरेले भनेअनुसार गर्न अह्राएको आरोप प्रमुख प्रतिपक्षी नेकपा एमालेले लगाउँदै आएको छ । । सोहि विषयलाई लिएर एमालेले अर्थमन्त्री शर्माको राजीनामा माग गरेको छ ।
यस्तै नेता नेम्वाङले एसपीपीबारे अहिलेसम्म अमेरिकालाई लेखेको सबै पत्र संसदमा ल्याउन प्रधानमन्त्रीलाई माग गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको १५ औं दिनमा सेनाबाट अमेरिकालाई पत्र लेखिएको उनले बताए । तर, उक्त चिठीबारे तत्कालीन प्रधानमन्त्री ओलीलाई कुनै जानकारी नभएको उनले बताएका छन् ।
‘एसपीपीलाई लिएर प्रधानमन्त्री भएको १५ औं दिनमा सेनाबाट एउटा चिठी गएछ । त्यो ठिक हो कि होइन, नेम्वाङले भने, त्यो प्रश्न उठ्ने बित्तिकै ओलीले नै केपी ओलीले लेखेको भन्ने भो । अचम्मको कुरा होइन भन्छु म । उहाँले पनि मैले लेख्न लगाएको होइन भन्नुभयो । उक्त पत्र यतिकै झुण्डिएर बस्न नहुने नेम्वाङले बताएका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply