सर्लाहीमा आठ महिने शिशु मृत्त फेला, आमा पनि बेहोस

१७ असार, सर्लाही । सर्लाहीमा एक आठ महिने शिशु मृत फेला परेकी छिन् । उनकी आमा पनि बेहोस अवस्थामा भेटिएको प्रहरीको जनाएको छ ।
सर्लाहीको लालबन्दी नगरपालिका-१७ स्थित राधाकृष्ण मन्दिरको पेटीमा ईश्वरपुर नगरपालिका-५ नरेशपुर बस्ने अन्दाजी २० वर्षीया रमिताकुमारी महतो र उनकी ८ महिनाकी छोरी सृष्टी अचेत अवस्थामा परेका थिए । प्रहरीले दुबैको उद्धार गरी प्राथमिक अस्पताल लालबन्दी लगे पनि चिकित्सकले बच्चाको मृत्यु भइसकेको बताएको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी विजय यादवले जानकारी दिए ।
बच्चाको पहिला नै मृत्यु भइसकेको जानकारी दिंदै यादवले आमा पनि बेहोस् अवस्थामा भेटिएकाले उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलगंवा पुर्याइएको बताए । ‘प्रारम्भिक चरणमा बुझ्दा ती महिलाको श्रीमानको मृत्यु भइसकेको जानकारी आएको छ । अन्य के कारण हो त्यो बुझ्दैछु’, डीएसपी यादवले भने । डीएसपी यादवका अनुसार घट्नास्थलमा राइनो-५०० र लिपर लेखिएको बिषादीको बट्टा फेला परेको छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply