सर्लाहीमा आठ महिने शिशु मृत्त फेला, आमा पनि बेहोस
१७ असार, सर्लाही । सर्लाहीमा एक आठ महिने शिशु मृत फेला परेकी छिन् । उनकी आमा पनि बेहोस अवस्थामा भेटिएको प्रहरीको जनाएको छ ।
सर्लाहीको लालबन्दी नगरपालिका-१७ स्थित राधाकृष्ण मन्दिरको पेटीमा ईश्वरपुर नगरपालिका-५ नरेशपुर बस्ने अन्दाजी २० वर्षीया रमिताकुमारी महतो र उनकी ८ महिनाकी छोरी सृष्टी अचेत अवस्थामा परेका थिए । प्रहरीले दुबैको उद्धार गरी प्राथमिक अस्पताल लालबन्दी लगे पनि चिकित्सकले बच्चाको मृत्यु भइसकेको बताएको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी विजय यादवले जानकारी दिए ।
बच्चाको पहिला नै मृत्यु भइसकेको जानकारी दिंदै यादवले आमा पनि बेहोस् अवस्थामा भेटिएकाले उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलगंवा पुर्याइएको बताए । ‘प्रारम्भिक चरणमा बुझ्दा ती महिलाको श्रीमानको मृत्यु भइसकेको जानकारी आएको छ । अन्य के कारण हो त्यो बुझ्दैछु’, डीएसपी यादवले भने । डीएसपी यादवका अनुसार घट्नास्थलमा राइनो-५०० र लिपर लेखिएको बिषादीको बट्टा फेला परेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply