एसपीपी रद्दबारे उपयुक्त समयमा अमेरिकालाई पत्र पठाइन्छ : परराष्ट्र मन्त्रालय
काठमाडौं । परराष्ट्र मन्त्रालयले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे अमेरिकालाई पत्र पठाउने विषय अध्ययनकै क्रममा रहेको जनाएको छ ।
परराष्ट्र मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले एसपीपी रद्द गर्ने मन्त्रिपरिषद्को निर्णयबारे मन्त्रालय जानकार रहेको र उपयुक्त समयमा अमेरिकालाई पत्र पठाउने बताइन् ।
प्रवक्ता लम्सालले एसपीपीबारे यसअघि भएका निर्णयबारे परराष्ट्र मन्त्रालयको कहिकतै संलग्नता नभएको समेत उलने स्पष्ट पारेकी छन् । प्रवक्ता लम्सालले भनिन्, अध्ययनकै क्रममा भएकाले पत्र पठाएको छैनौं , उयुक्त समयमा अमेरिकालाई पत्र पठाउँछौं ।
नेपाल सरकारले असार ६ गते एसपीपी अस्वीकार गर्ने निर्णय गर्दै औपचारिक जानकारी दिन अमेरिकालाई पत्र पठाउने जिम्मा परराष्ट्र मन्त्रालयलाई दिएको थियो । नेपाली सेनाले परराष्ट्र मन्त्रालयलाई उपेक्षा गर्दै एसपीपीबारे अमेरिकाको युटा राज्यस्थित नेसनल गार्डसँग समझदारी गरेको विषय सार्वजनिक भएपछि त्यसको चौतर्फी विरोध भएको थियो ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply