गठबन्धन सरकारले आर्थिक संकट पैदा गर्यो : महासचिव पोखरेल

२१ असार, धनगढी । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धन सरकारले देशमा आर्थिक संकट पैदा गरेको आरोप लगाएका छन् ।
मंगलबार प्रेस चौतारी कैलालीले अत्तरियामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले सो आरोप लगाएका हुन् ।
एमाले नेतृत्वको सरकारलाई विस्थापित गरेपछि मुलुकले दुष्परिणाम व्यहोरिरहेको उनले बताए । हामी सरकारमा रहँदा मुलुक बचतको अवस्थामा थियो तर आज झण्डै दुई खर्बको घाटामा पुगेको छ । गठबन्धन सरकारले ९ महिनामै अर्थतन्त्र डामाडोल पारिदिएको छ, पोखरेलले भने ।
शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले एमाले नेतृत्वको अघिल्लो सरकारको पालामा भन्दा झण्डै दोब्बरले मूल्यवृद्धि गरेको आरोपसमेत उनले लगाए ।
महासचिव पोखरेलले अवाञ्छित व्यक्तिको प्रयोग गरेर करका दायरा हेरफेर गर्ने अर्थमन्त्री जनार्दन शर्मालाई कारवाही गर्ने सवालमा प्रधानमन्त्री अग्रसर नहुनुले प्रधानमन्त्रीप्रति पनि आशंका उब्जाएको बताए ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply