गठबन्धन सरकारले आर्थिक संकट पैदा गर्यो : महासचिव पोखरेल
२१ असार, धनगढी । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धन सरकारले देशमा आर्थिक संकट पैदा गरेको आरोप लगाएका छन् ।
मंगलबार प्रेस चौतारी कैलालीले अत्तरियामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले सो आरोप लगाएका हुन् ।
एमाले नेतृत्वको सरकारलाई विस्थापित गरेपछि मुलुकले दुष्परिणाम व्यहोरिरहेको उनले बताए । हामी सरकारमा रहँदा मुलुक बचतको अवस्थामा थियो तर आज झण्डै दुई खर्बको घाटामा पुगेको छ । गठबन्धन सरकारले ९ महिनामै अर्थतन्त्र डामाडोल पारिदिएको छ, पोखरेलले भने ।
शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले एमाले नेतृत्वको अघिल्लो सरकारको पालामा भन्दा झण्डै दोब्बरले मूल्यवृद्धि गरेको आरोपसमेत उनले लगाए ।
महासचिव पोखरेलले अवाञ्छित व्यक्तिको प्रयोग गरेर करका दायरा हेरफेर गर्ने अर्थमन्त्री जनार्दन शर्मालाई कारवाही गर्ने सवालमा प्रधानमन्त्री अग्रसर नहुनुले प्रधानमन्त्रीप्रति पनि आशंका उब्जाएको बताए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply