निजगढमै विमानस्थल बनाउन सकिन्छ, विकासमा अदालतले हस्तक्षेप गर्नु हुँदैन : ओली
२७ असार, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम क्षतिमा निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सकिने बताएका छन् ।
आज सम्पादकहरुसँगको छलफलमा वनको क्षति नगरी हाल विमानस्थल निर्माण गर्ने भनिएको क्षेत्रको दक्षिणतर्फ टाँगिया वस्ती हटाएर दुई हजार मिटर क्षेत्रफलमा विमानस्थल बनाउन सकिने बताएका हुन् । उनले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल, वनको क्षति नगरीकन नजिकको टाँगियावस्ती हटाउँदा र दक्षिणपट्टी बनाउँदाखेरि दुई हजार स्क्वायर मिटरमा बनाउँदा पुग्ने ठाउँमा ८ हजार मिटर लिनुपर्ने आवश्यकता नपर्ने बताएका छन् ।
विमानस्थल निर्माण गर्दा सरकारले अनावश्यक क्षेत्रफल लिनु, अनावश्यक ढंगले वन विनाश गर्नु र वातावरणमा जानीजानी दुष्प्रभाव पार्न नहुने भन्दै ओलीले अदालतले पनि विकास निर्माणमा हस्तक्षेप गर्न नहुने बताए । विकास निर्माणका काममा अदालतले धेरै ठाउँमा अनावश्यक हस्तक्षेप गरेको बताउँदै ओलीले भने, ‘त्यस्तो क्रियाकलाप पनि हुनु हुँदैन ।’
निजगढ विमानस्थलका विषयमा सर्वोच्च अदालतले पर्याप्त अध्ययन नगरी फैसला गरेको ओलीले बताए । ‘सम्मानित अदालतले पर्याप्त अध्ययन गरेर विशेषज्ञको अध्ययनको आधारमा फैसला गर्ने गर्नुपर्छ’ उनले भने, ‘सम्मानित सर्वोच्च अदालतले पर्याप्त अध्ययन विना एउटा फैसला सुनाउने । सुनाएको फैसलाको पूणर्पाठ चाहिँ जारी गर्न नसक्ने पूणर्पाठ जारी गर्दा के हो के हो जस्तो जारी गर्ने, त्यस्तो खालको हुनु हुँदैन ।’
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply