४ श्रावण २०७९, बुधबार ०२:४८
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
पृथ्वी राजमार्गको याम्पा-आँबुखैरेनी सडक अवरुद्ध
४ साउन, तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको याम्पा-आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको छ । मङ्गलबार राति परेको वर्षाका कारण आज बिहान बन्दीपुर गाउँपालिका-५ याम्पास्थित सडकमा पहिरो खस्दा उक्त खण्ड अवरुद्ध भएको हो ।
सडकमाथिबाट खसेको पहिरोका कारण उक्त खण्ड दुईतर्फीरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
पहिरो हटाएर राजमार्ग सञ्चालन गराउने काम भइरहेको उनले बताए । पृथ्वी राजमार्ग विस्तारका लागि उक्त ठाउँमा भित्ता काट्ने काम भइरहँदा बेला-बेलामा पहिरो खसेर राजमार्ग अवरुद्ध हुने गरेको छ ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply