क.पुष्पलालको ४४औं स्मृति दिवस मनाइँदै
७ साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव क. पुष्पलालको स्मृति दिवस । क.पुष्पलालका योगदानलाई स्मरण र चीर स्थायी बनाउन विभिन्न कार्यक्रम गरी ४४औं स्मृति दिवस मनाइँदै छ ।
नेकपा (एमाले) ले केन्द्रीय तहमा कामनपा वडा नं १८ ताम्सीपाखाको पुष्पलाल चोकमा कार्यक्रम आयोजना गरेको छ ।
पार्टीका अध्यक्ष केपी शर्मा ओलीले क.पुष्पलालको शालिकमा माल्यार्पण गरी श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम रहेको छ । कार्यक्रम विहान ८ बजे हुने कार्यालय सचिव डा.भीष्म अधिकारीले वताउनुभयो ।
क.पुष्पलालको जन्म १९८१ साल असार १५ गते रामेछापको भँगेरीमा भएको थियो भने २०३५ साल साउन ७ गते भारतको नयाँदिल्लीस्थित गोविन्दबल्लभ पन्त अस्पतालमा निधन भएको थियो ।
क. पुष्पलालले सन् १९४९ अप्रिल २२ का दिन भारतको कलकत्तास्थित श्यामबजारमा आफ्ना सहकर्मीहरू निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलाश जोशी र मोतीदेवी श्रेष्ठलाई साथमा लिएर नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्नुभएको थियो ।
नेपाल कम्युनिस्ट पार्टीकै निरन्तरताका रूपमा आज नेकपा (एमाले) सशक्त र लोकप्रिय पार्टीका रूपमा देशभर स्थापित भएको छ । यसले एउटा राष्ट्रिय शक्तिको रूप ग्रहण गर्दै छ ।
क.पुष्पलालले ५४ बर्षको आफ्नो जीवनकालमा गर्नुभएको कठोर सङ्घर्ष, निष्ठापूर्ण राजनीति र इमानदार प्रयास आजको मजबुत कम्युनिस्ट आन्दोलनको आधारशीलाका रूपमा रहेको छ ।
क. पुष्पलालले दूरदर्शिता, त्याग र इमानका प्रतीकका रूपमा नेपालको राजनीतिमा अद्वितीय स्थान बनाउन सफल हुनुहुन्छ । नेपालमा कम्युनिस्ट विचारधारा भित्र्याउने, त्यसलाई संगठनका माध्यमबाट जनतामा लैजाने र परिवर्तन सम्भव छ भन्दै साहसका साथ काम सुरू गर्ने नेता भएकै कारण पुष्पलाल आजपर्यन्त हामी सबैका लागि आदर्श र प्रेरणाका स्रोतका रूपमा रहिरहनुभएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply