नेपालले माल्दिभ्सलाई ४-० गोल अन्तरले हरायो
९ साउन, काठमाडौंँ । साफ यू-१९ च्याम्पियनसिपमा नेपालले शानदार विजयी शुरुवात गरेको छ । भारतको भुवनेश्वरमा भएको खेलमा नेपालले माल्दिभ्सलाई ४-० गोल अन्तरले हराएकोद छ ।
नेपालको जितमा दिपेश गुरुङ, सुगम सुवाल, कृतिश रत्न छुन्जु र मनग्य नकर्मीले गोल गरेका छन् । खेलको ४२ औं मिनेटमा दिपेशले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए । आयुष घलानको फ्रिकिक माल्दिभ्सका गोलरक्षकले पन्च गर्दै बचाए पनि रिबाउण्डमा बललाई दिपेशले पोष्टको दिशा दिलाए ।
खेलको ५८ औं मिनेटमा सुगमले माल्दिभ्सका डिफन्डरलाई बिट गर्दै गोल गरे । ६२ औं मिनेटमा कृतिशले गोल गर्दै नेपाललाई ३(० को अग्रता दिलाए ।
६२ औ मिनेटमा माल्दिभ्सका डिफेन्डरले आयुष घलानलाई पेनाल्टी एरियामा लडाएपछि पाएके पेनाल्टीमा कृतिशले सहजै गोल गरे । खेलको इन्ज्युरी समयमा मनग्यले गोल गर्दै नेपाललाई फराकिलो जित दिलाए । अब नेपालले दोस्रो खेलमा श्रीलंकासँग खेल्ने छ ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply