माधव नेपालले कुण्ठाकै कारण पार्टी फुटाएको हो : शंकर पोखरेल
१० साउन, चितवन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई खलनायकको संज्ञा दिनुभएको छ।
एमाले चितवन जिल्ला कमिटीद्वारा आज आयोजित जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत रहेका पोखरेलले यस्तो बताउनु भएको हो ।
महासचिव पोखरेलले माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्डले एमसीसी टेबल गर्न लगाएर उनीहरुले नै हात उठाएर पारित गरेको पनि उल्लेख गर्नुभयो।
पोखरेलले नेकपा जीवित हुँदा राष्ट्रघात भएको एमसीसी शेरबहादुर देउवाका पालामा प्रचण्ड-नेपालका लागि सही हुन पुगेको भन्दै कटाक्ष गर्नुभयो । उहाँले भन्नुभयो, ‘नेकपा हुँदा त्यही विषय राष्ट्रघात भयो । तर शेरबहादुरको पालामा त्यही कुरा सही भयो।’
महासचिव पोखरेलले नेकपा विभाजन माधव नेपालको कुण्ठाका कारण हुन पुगेको बताउनु भयो । विधि र पद्धति भन्ने माधव नेपालले पद नपाएको कुण्ठाकै कारण पार्टी फुटाएको पनि उहाँले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘विधि, पद्धति र अनुशासनका मामिलामा माधव नेपाल खरो हुनुहुन्थ्यो भन्ने लाग्थ्यो। यो मामिलामा उहाँको छवि बलियो थियो भन्ने लाग्थ्यो । तर संसदीय राजनीतिमा ह्विप उलंघन गर्ने कुरा सबैभन्दा ठूलो अपराध हो। अहिले सबैभन्दा धेरै संसदीय ह्विप उलंघन गर्ने को हो भन्दा माधव नेपालको नाम आउँछ।’
उहाँले यतिखेर माधव नेपाल खलनायक सावित भएको पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपाललाई हामीले विधि र पद्धतिको नायक ठान्यौँ। उहाँनै आज विधि र पद्धतिको उलंघन गर्ने खलनायक हुनुभयो। पार्टी एकता बचाउने मानिस भनियो, नेता मानियो तर उहाँले पार्टी फुटाउनुभयो ।’
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply