दिनदहाडै पैसा लुट्ने लुटेरा पक्राउ

१२ साउन, जनकपुरधाम । मधेस प्रदेशको राजधानी जनकपुरधाममा दिनदहारै पैसा लुटने युवाहरु पक्राउ परेका छन् । बैंकबाट पैसा झिकेर घर फर्किने क्रममा एक महिलाको दुईलाख रुपैयाँ लुटिएको घटनामा संलग्न रहेका दुई युवकलाई धनुषा प्रहरीले पक्राउ गरि सार्वजानिक गरेको छ ।
सोमबार दिउँसो धनुषाको सवैला नगरपालिका वडा नम्बर–४ पटेर्वा घर भई हाल जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१ बस्ने शर्मिला देवी यादवको साथबाट दुईलाख रुपैयाँ लुटेका धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नम्बर–७ बस्ने २० वर्षीय जितेन्द्र प्रसाद साह र सोही ठाउँ बस्ने २१ वर्षीय दिपेन्द्र मण्डललाई प्रहरीले सार्वजानिक गरेको हो ।
जनकपुरधामको मिल्स एरिया स्थित एभरेष्ट बैंकबाट रकम निकालेर घर फर्किने क्रममा मोटरसाइकलमा आएका उनिहरुले शर्मिलाको साथमा रहेको रकम लुटेर फरार भएका थिए । साउदीमा रहेका शर्मिलाका श्रीमान् देवशरणले पठाएको रकम बैंकबाट झिकेर घरतर्फ जान लाग्दा मोनास्टिक स्कुल नजिकै प्रदेश–२–०२–००५–प ००८५ नम्बरको मोटरसाइकलमा दुवैजनाले शर्मिलाले बोकको झोला हातबाट लिएर भागेको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिएका छन्।
बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी आरोपितहरुलाई सार्वजानिक गर्दै प्रहरीले घटनापश्चात तत्कालै जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले घटना सम्बन्धमा विभिन्न माध्यमद्धारा अनुसन्धान गर्दै जाँदा नगद लुटेर फरार भएका व्यक्तिहरु उनल प्रयोग गरेको मोटरसाइकलको पहिचान भएको प्रहरी उपरीक्षक रजौरेले बताए ।
उक्त मोटरसाईकल खोजतलास गर्दै जाने क्रममा लक्ष्मीनिया गाउँपालिका वडा नम्बर–७ स्थित कृष्ण प्रसाद साहको घरमा फेला परेको र उनको घर खानतलासी गर्दा घरभित्र रहेको सुत्ने कोठाको पलङको घर्रा (बक्स) मा शर्मिलाको हातबाट लुटेर लगेको नगद र मोबाईल मध्ये मोबाईल र नगद ५४ हजार फेला परेको थियो ।
सोही घरमा लुकीछिपी बसेको अवस्थामा कृष्णका भाई जितेन्द्रलाई फेला पारिएको थियो । जितेन्द्रलाई घटना सम्बन्धमा सोधपुछ गर्दा आफू र दिपन्द्रले मिलेर शर्मिलाको पैसा लुटि दुबैजनाले १÷१ लाख रुपैयाँ बाँडेको स्वीकार गरेका थिए । त्यसपछि दिपेन्द्रलाई पनि उनकै घरवाट पक्राउ गरिएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रजौरेले जानकारी दिए ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply