बीमा रकम हत्याउन नक्कली बिहे गरेर हत्या
१३ साउन, काठमाडौं । २ करोड ५० लाख रुपैयाँ बीमा रकम हत्याउन नक्कली विवाह गरी एक युवकको हत्या गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा २१ वर्षीया सपना मल्ल, ३१ वर्षीय सञ्जीव अर्याल, ३२ वर्षका सरदार अहमद खाँ, ३३ वर्षका टोपबहादुर राना क्षेत्री, ३८ वर्षका दीपक केसी र २१ वर्षकी ललिता सापकोटा छन् । उनीहरुले बाँके कोहलपुरका २१ वर्षीय सर्जन बिकको योजनावद्ध रुपमा हत्या गरेको प्रहरीको दाबी छ ।
प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार यो समूहले विकलाई डिपेण्डेण्ट भिसामा अस्ट्रेलिया लैजाने भन्दै २१ वर्षीया सपना मल्लसँग नक्कली बिहे गरेको थियो । रिलायन्स इन्सुरेन्समा २ करोड ५० लाख रुपैयाँको जीवन बीमा गरी इच्छाइएको व्यक्तिमा मल्लको नाम राखेर बैंक खाता खोलेका थिए ।
२ वैशाख २०७८ मा बाँकेको कोहलपुरमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको भनियो । मोटरसाइकल चलाउने लाइसेन्स समेत नभएका बिकलाई टोपबहादुर राना क्षेत्री भन्ने व्यक्तिले चलाएको मिनिबसले ठक्कर दिएर मृत्यु भएको भनियो । सवारी दुर्घटनामा युवकको मृत्यु भएपछि इलाका प्रहरी कार्यालय कोहलपुरले सवारी ज्यान मुद्दा चलायो । २५ माघ २०७८ माघमा अदालतले रानालाई एक महिना कैद र २ हजार रुपैयाँ जरिवानाको सजाय सुनायो ।
मुद्दा सकिए लगत्तै प्रहरी प्रतिवेदनका आधारमा मृत्यु दर्ता, दुर्घटनाको प्रमाण आदि पेस गरी गिरोहले रिलायन्स इन्सुरेन्सबाट २ करोड ५० लाख रुपैयाँ भुक्तानी लिएका थिए । इन्सुरेन्सबाट आएको रकम ६ जनाको समूहले बाँडेर लिएको पाइएको प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदीले जानकारी दिएका छन् ।
प्रहरीका अनुसार अयार्लको खातामा ८० लाख ३६ हजार, दिपकको खातामा ६० लाख, सपनाकी आमा छविकुमारी मल्लको खातामा १७ लाख ४६ हजार र सपनाको खातामा ४६ लाख ८९ हजार रुपैयाँ भेटिएको छ । ३ लाख ३ हजार पाँच सय एटीएम कार्डबाट निकालिएको पाइएको प्रहरीले जनाएको छ ।
मुख्य योजनाकार अर्याल हुन् भने बीमा एजेन्ट खाँको आयालसँगै पुरानै चिनजान थियो । विवाह गरेर विदेश जाँदा फाइदा हुन्छ भनेर ललिताले मल्ललाई सञ्जीवसँग चिनजान गराएका थिए । सपनाको सजनसँग विवाह दर्ताका बेलामा मात्रै भेट भएकाले बिहे नक्कली भएको प्रमाणित हुने प्रहरीले बताएको छ ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply