६ लाख घुससहित पक्राउ परेका उपसचिवको गाडीबाट थप साढे १६ लाख रुपैयाँ बरामद

१७ साउन, काठमाडौं । सेवाग्राहीबाट घूसबापत लिएको ६ लाख रुपैयाँसहित पक्राउ परेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालको साथबाट थप १६ लाख ५० हजार रुपैयाँ बरामद भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उपसचिव नेपाललाई नागपोखरीस्थित एक होटेलबाट ६ लाख रुपैयाँसहित नियन्त्रणमा लिएको थियो । उनले प्रयोग गर्ने बा १ झ ९९४६ नम्बरको सरकारी गाडी खानतलासी गर्दा स्रोत नखुलेको थप १६ लाख ५० हजार रुपैयाँ फेला परेको अख्तियारले जनाएको छ ।
उनीबाट जम्मा २२ लाख ५० हजार रुपैयाँ बरामद भएको अख्तियारले जनाएको छ। आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले उक्त रकम पनि नेपालले घूसबापत लिएको हुनसक्ने भएकाले यसबारे अनुसन्धान भइरहेको बताए ।
सेवा सञ्चालन अनुमतिका लागि एक व्यवसायीले मन्त्रालयमा दिएकोलाई अड्काएर नेपालले रकम मोलमोलाई गरेका थिए । त्यसपछि उनीमाथि अख्तियारको टोलीले समेत निगरानीसमेत गरेको थियो । त्यही क्रममा मंगलबार उपसचिव नेपाल सेवाग्राहीसँग नगद लिँदै गर्दा रंगेहात पक्राउ परेका थिए ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply