बेटी पढाऊ बेटी बचाऊ कार्यक्रममा १० करोड ३३ लाख भ्रष्टाचार, ८ जनाविरुद्ध मुद्दा
१८ साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेश सरकारले सञ्चालन गरेको बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रममा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै तत्कालिन प्रदेश सचिवसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
बुधबार अख्तियारले तत्कालिन प्रदेश सचिव यामप्रसाद भूसाल, सिनियर डिभिजनल इन्जिनियर भगवान झा, सह लेखापाल राजाराम मण्डल, जिन्सी शाखाका शाखा अधिकृत रामस्वार्थ महतो, भण्डार शाखाका खरिदार जित मोहनकुमार दासविरुद्ध भ्रष्ट्रचार मुद्दा दायर गरेको छ ।
त्यस्तै ओमसत्य साई प्रालि वीरगञ्जकी म्यानेजिङ डिरेक्टर रेनु अग्रवाल, बोलपत्र मूल्यांकन समितिका अध्यक्ष दिलिपकुमार प्रधान र सदस्य सचिव सुरेन्द्रकुमार कर्णविरुद्ध पनि विशेष अदालतमा भ्रष्ट्राचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।
अख्तियारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका तत्कालिन प्रदेश सचिव भूसालले गुणस्तरहीन लेडिज साइकलको आपूर्ति स्वीकार गरी भुक्तानीसमेत गरेर प्रदेश सरकारलाई १० करोड ३३ लाख ७५८ रुपैयाँ हानी नोक्शानी पुर्याएको दावी गरेको छ ।
अख्तियारले प्रदेश सचिव भूसाल, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका सिनियर डिभिजनल इन्जिनियर भगवान झा, सह लेखापाल राजाराम मण्डल र साइकल आपूर्ति गर्ने कम्पनी ओम सत्य साई प्रालिकी म्यानेजिङ डिरेक्टर रेनु अग्रवालसँग १० करोड ३३ लाख ७५८ रुपैयाँ विगो माग दावी गरिएको छ ।
मधेश प्रदेश सरकारले छात्रा शिक्षा प्रवद्र्धन गर्ने गरी बेटी पढाऊ बेटी बचाऊ कार्यक्रम सुरु गरेको थियो । उक्त कार्यक्रम मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले नै सञ्चालन गरेको थियो । तर गत वर्ष महालेखा परीक्षकको कार्यालयले यो कार्यक्रममा अनियमितता भएको प्रतिवेदनमा उल्लेख गरेपछि गत वर्ष नै अख्तियारले छापा मारेर कागजात नियन्त्रणमा लिएको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply