देश बर्बाद हुनबाट बचाउन एमालेले जित्नुपर्छ : ओली
२० साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई चुनाव हार्ने छुट नभएको बताएका छन् । काठमाडौंमा भएको कार्यक्रममा ओलीले देशलाई हार्न नदिन एमालेले चुनाव जित्नु पर्ने बताए ।
‘चुनाव हारेमा एमालेका लागि त केही छैन, ५ वर्ष प्रतिपक्षमा बसेर देश र जनताको पक्षमा बोल्छ,’ उनले भने, ‘तर, एमालेले हार्दा देश हार्छ, एमालेले जित्नै पर्ने कारण के छ भने देशलाई जिताउनु छ ।
अहिलेको सरकारले १ वर्षमा नै देशलाई दुर्गतीमा लगेको भन्दै ओलीले उनीहरुले थप ५ वर्ष यस्तै गरेर देश चलाए खत्तम हुने बताए । देशलाई बर्बादीबाट बचाउनका लागि एमालेले चुनाव जित्नु पर्ने उनले दोहोर्याए ।
सत्तारुढ गठबन्धनका नेताहरुको कुनै गन्त्व्य नै नभएको उनले आरोप लगाए । ‘मोहन विक्रम सिंहको गन्तव्य के हो भन्दा–प्युठान, आआफ्ना छन्, शेरबहादुरको के हो भन्दा–म्याडम साहेबा, प्रचण्डको गन्तव्य के हो भन्दा–सुपुत्री,’ ओलीले भने, ‘यस्ता यस्ता गन्तव्य लिएर हिंडेका छन् यिनीहरु, त्यसका लागि जे पनि गर्छन् । जस्तोसुकै कुकृत्य गर्न पनि तयार छन् ।’
ओली त्यत्तिमै रोकिएनन्, ‘माधव नेपालको त नाम नलिउँ होला उनको त छटपटीमा जुनी बित्छ, गन्तव्य सन्तव्य केही छैन, बिचराको ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply