एमाले ढाल्न प्रचण्ड र माधव कांग्रेसको बींड बने : ओली
२१ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले ढाल्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नेपाली कांग्रेसरुपी बन्चरोको बींड बनेको टिप्पणी गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित अगुवा कार्यकर्ता भेलामा उनले कांग्रेसलाई विगतमा २३ सिटमा खुम्च्याइदिएर कम्युनिस्टलाई ठाडो शिर गरेर हेर्न नसक्ने बनाइदिएको तर अहिले कम्युनिस्टलाई हराउन कम्युनिस्ट नै कांग्रेसको बींड बनेको बताए ।
कांग्रेसको बींड हेर्नुस् त कस्ता छन् ? एमाले काट्ने, एमाले सिध्याउने भनेका बींड कस्ता छन् के के नामका छन् ?’ उनले प्रश्न गरे ।
उनले रुख ढाल्ने बन्चरोको बींड रुखकै काठ प्रयोग हुँदा रुख धुरुधुरु रोएको एउटा कथा सुनाए :
बञ्चरो लिएर एउटा रुख ढाल्न थालेछन् एक जनाले, वरतिर परतिरका रुख रुन थालेछन् । अरु रुखले सोधे ‘आखिर ढल्नु त छँदैछ, मर्नु त छँदैछ,…कसैले काट्यो ढल्नुपर्यो भनेर किन आँशु खसालेको ?’ देख्ने रुखहरुले भने, ‘बन्चरोले काट्यो ठूलो कुरा भएन, तर हामीलाई काट्ने बञ्चरोको बींड काठकै छ, त्यो चाहिं दुखको कुरा हो ।’
ओलीले भने, ‘बञ्चरोले मात्र रुख ढाल्न सक्दै सक्दैन ।… कांग्रेसलाई २३ सिटमा पुर्याइदिएका थियौं लड्ने त कुरा छाडिदिऔं हेर्न पनि सकेको थिएन, तर अदालत गएर सरकार ढालिपाउँ भन्ने दक्षिणपन्थी सरकार बनाइपाउँ भनेर परमादेश मागे ।
ओलीले माओवादी र एकीकृत समाजवादी केन्द्रका नेता कार्यकर्तालाई एमालेमा फर्किन आग्रह गरे । ‘माओवादी र माधव नेपालका पछि लागेकालाई कांग्रेसको बींड हुने कि कम्युनिस्ट पार्टीमा फर्किने ?
आफूलाई वामपन्थी भन्ने साथीलाई कांग्रेसको बींड भएर कम्युनिस्ट आन्दोलन ढाल्दै जाने र समाजवाद निर्माण गर्ने भुलभुलैयामा नफस्नुस्, वामपन्थी आन्दोलन सफल पारौं’ ओलीले अघि भने ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply