गठबन्धन सरकार ‘अलच्छिना’ र ‘विनाशकारी’ : ओली
२२ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार ‘अलच्छिना’ सरकार भएको आरोप लगाएका छन् । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन नेपालले आज आयोजना गरेको कार्यक्रमलाई बोल्दै अध्यक्ष ओलीले गठबन्धन सरकार अलच्छिना र विनाशकारी भएको आरोप लगाएका हुन् ।
‘गठबन्धन सरकार अलच्छिना सरकार हो । उनले थपे, आज मैले एउटा आर्टिकल पढेको थिएँ, यो गठबन्धन सरकार भनेको अलच्छिना सरकार लेखेको छ । हो, यो अल्छिन सरकार हो । यो विनाशकारी सरकार हो ।’ उनले एक वर्षको अवधिमा देशको अर्थतन्त्र र विकास डामाडोल भएको बताए ।
उनले एमाले सरकारको पालामा बन्दै गरेका पुल बाहेक यो सरकारले कुनै बाटोघाटो, सडक, पुल बनाउन नसकेको आरोप लगाएका । उनले भने, ‘एउटा पुल पनि बनेको छैन । केही पनि थपिएको छैन । बन्दै गरेको पुल बाहेक केही बनेको छैन । तैपनि बजेट थपेको छ ।
उनले गठबन्धन सरकारले देशको अर्थतन्त्रलाई ओरालो लगाएको समेत आरोप लगाए । उनले गठबन्धन सरकारको अस्तित्व नै समाप्त भएकाले अब सरकारमा एमाले आउनु पर्ने बताए । उनले अस्तित्व सकिएपछि गठबन्धनमा आवद्ध दलहरु एमालेविरुद्ध लागेको बताए । उनले संघ र प्रदेश सभा निर्वाचनमा एमाले बहुमतका साथ अघि आउने दावी गरे ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply