गठबन्धन सरकार ‘अलच्छिना’ र ‘विनाशकारी’ : ओली
२२ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार ‘अलच्छिना’ सरकार भएको आरोप लगाएका छन् । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन नेपालले आज आयोजना गरेको कार्यक्रमलाई बोल्दै अध्यक्ष ओलीले गठबन्धन सरकार अलच्छिना र विनाशकारी भएको आरोप लगाएका हुन् ।
‘गठबन्धन सरकार अलच्छिना सरकार हो । उनले थपे, आज मैले एउटा आर्टिकल पढेको थिएँ, यो गठबन्धन सरकार भनेको अलच्छिना सरकार लेखेको छ । हो, यो अल्छिन सरकार हो । यो विनाशकारी सरकार हो ।’ उनले एक वर्षको अवधिमा देशको अर्थतन्त्र र विकास डामाडोल भएको बताए ।
उनले एमाले सरकारको पालामा बन्दै गरेका पुल बाहेक यो सरकारले कुनै बाटोघाटो, सडक, पुल बनाउन नसकेको आरोप लगाएका । उनले भने, ‘एउटा पुल पनि बनेको छैन । केही पनि थपिएको छैन । बन्दै गरेको पुल बाहेक केही बनेको छैन । तैपनि बजेट थपेको छ ।
उनले गठबन्धन सरकारले देशको अर्थतन्त्रलाई ओरालो लगाएको समेत आरोप लगाए । उनले गठबन्धन सरकारको अस्तित्व नै समाप्त भएकाले अब सरकारमा एमाले आउनु पर्ने बताए । उनले अस्तित्व सकिएपछि गठबन्धनमा आवद्ध दलहरु एमालेविरुद्ध लागेको बताए । उनले संघ र प्रदेश सभा निर्वाचनमा एमाले बहुमतका साथ अघि आउने दावी गरे ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply