प्रधानन्यायाधीशविरुद्ध नियतवश महाभियोग : नेम्वाङ

२५ साउन, ताप्लेजुङ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले सर्वोच्च अदालत जस्तो सर्वोच्च निकायका प्रधानन्यायाधीशलाई सत्ता गठबन्धनले अल्झाएर राखेको आरोप लगाएका छन् । पार्टी प्रशिक्षणका क्रममा ताप्लेजुङ पुगेका नेम्वाङले बुधबार बिहान आयोजित पत्रकार भेटघाट कार्यक्रममा सर्वोच्च जस्तो निकाय कामचलाउको भरमा चलाएको बताए ।
हाम्रो पार्टीले दर्ता गराएकै दिन भनेको थियो, सर्वोच्चको प्रधानन्यायाधीशलाई झुण्ड्याएर राख्न दर्ता गरेको हो, नेम्वाङले भने, अब असोजसम्म संसद् चल्छ, महाभियोग पारित गराउन तीन महिना लाग्छ, अब भन्नुहोस् कसरी पारित हुन्छ ?’ चुनाव घोषणा भएपछि नियतवश महाभियोग प्रस्ताव अघि बढाइएको बताएका नेम्वाङले गठबन्धनले अहिले फेरि आफू महाभियोगमा छु भन्ने बिर्सिएको टिप्पणी गरे । ढिलो गर्नु भनेको न्याय नदिनु पनि हो भन्ने मान्यतालाई नबिर्सन र यस्तो लापर्वाही नगर्न पनि उनले चेतावनी दिए ।
मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एमालेले जित्ने उम्मेदवार मात्रै उठाउने र जिल्लालाई त्यस्ता व्यक्तिहरू मात्रै सिफारिस गर्न आफूले भनेको उनले बताएका छन् । त्यसैको सन्दर्भमा पनि आफूहरू जिल्ला दौडाहामा निस्किएको नेम्वाङले बताए । ‘हामीले स्थानीय तहको निर्वाचनलाई नजिकबाट नियालेका छौं, नेम्वाङले भने, उम्मेदवार मिलाएको भए, आफ्नै खुट्टामा खुट्टा, पाइन्टमा पाइन्ट नअल्झाएको भए ५०/६० सिट बढी जित्थ्यौं । अबको निर्वाचनमा त्यस्तो हुन नदिने दाबी नेम्वाङको छ ।
एमालेलाई अहिले घेराबन्दी गरिएको र त्यो घेराबन्दी तोड्न आफ्नो थैली बलियो बनाउनु पर्छ भन्ने कुराको ज्ञान एमालेलाई राम्ररी भएको नेम्वाङ वताएका छन् । आउने निर्वाचनको आधार तयार गर्न पनि आफूहरू जिल्ला जिल्लामा हिँडिरहेको उनले बताए । वर्तमान सरकार कामचलाउ भइसकेकाले दूरगामी महत्व राख्ने निणर्य गर्न नपाउने उनको दाबी छ ।
गठबन्धनभित्र अस्तव्यस्त रहेको र मुलुक आर्थिक रूपले पनि ओरालो लागेको नेम्वाङले वताए । पत्रकार महासंघ ताप्लेजुङद्वारा आयोजित कार्यक्रममा नेम्वाङसँगै एमाले सचिव योगेश भट्टराईलगायतका नेताको सहभागिता रहेको थियो ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply