प्रधानन्यायाधीशविरुद्ध नियतवश महाभियोग : नेम्वाङ
२५ साउन, ताप्लेजुङ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले सर्वोच्च अदालत जस्तो सर्वोच्च निकायका प्रधानन्यायाधीशलाई सत्ता गठबन्धनले अल्झाएर राखेको आरोप लगाएका छन् । पार्टी प्रशिक्षणका क्रममा ताप्लेजुङ पुगेका नेम्वाङले बुधबार बिहान आयोजित पत्रकार भेटघाट कार्यक्रममा सर्वोच्च जस्तो निकाय कामचलाउको भरमा चलाएको बताए ।
हाम्रो पार्टीले दर्ता गराएकै दिन भनेको थियो, सर्वोच्चको प्रधानन्यायाधीशलाई झुण्ड्याएर राख्न दर्ता गरेको हो, नेम्वाङले भने, अब असोजसम्म संसद् चल्छ, महाभियोग पारित गराउन तीन महिना लाग्छ, अब भन्नुहोस् कसरी पारित हुन्छ ?’ चुनाव घोषणा भएपछि नियतवश महाभियोग प्रस्ताव अघि बढाइएको बताएका नेम्वाङले गठबन्धनले अहिले फेरि आफू महाभियोगमा छु भन्ने बिर्सिएको टिप्पणी गरे । ढिलो गर्नु भनेको न्याय नदिनु पनि हो भन्ने मान्यतालाई नबिर्सन र यस्तो लापर्वाही नगर्न पनि उनले चेतावनी दिए ।
मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एमालेले जित्ने उम्मेदवार मात्रै उठाउने र जिल्लालाई त्यस्ता व्यक्तिहरू मात्रै सिफारिस गर्न आफूले भनेको उनले बताएका छन् । त्यसैको सन्दर्भमा पनि आफूहरू जिल्ला दौडाहामा निस्किएको नेम्वाङले बताए । ‘हामीले स्थानीय तहको निर्वाचनलाई नजिकबाट नियालेका छौं, नेम्वाङले भने, उम्मेदवार मिलाएको भए, आफ्नै खुट्टामा खुट्टा, पाइन्टमा पाइन्ट नअल्झाएको भए ५०/६० सिट बढी जित्थ्यौं । अबको निर्वाचनमा त्यस्तो हुन नदिने दाबी नेम्वाङको छ ।
एमालेलाई अहिले घेराबन्दी गरिएको र त्यो घेराबन्दी तोड्न आफ्नो थैली बलियो बनाउनु पर्छ भन्ने कुराको ज्ञान एमालेलाई राम्ररी भएको नेम्वाङ वताएका छन् । आउने निर्वाचनको आधार तयार गर्न पनि आफूहरू जिल्ला जिल्लामा हिँडिरहेको उनले बताए । वर्तमान सरकार कामचलाउ भइसकेकाले दूरगामी महत्व राख्ने निणर्य गर्न नपाउने उनको दाबी छ ।
गठबन्धनभित्र अस्तव्यस्त रहेको र मुलुक आर्थिक रूपले पनि ओरालो लागेको नेम्वाङले वताए । पत्रकार महासंघ ताप्लेजुङद्वारा आयोजित कार्यक्रममा नेम्वाङसँगै एमाले सचिव योगेश भट्टराईलगायतका नेताको सहभागिता रहेको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply