महान्यायाधिवक्ता खातीलाई निलम्बन गर्न एमालेको माग
२५ साउन, काठमाडौं ।प्रतिपक्षी दल नेकपा (एमाले) ले महान्यायाधिवक्ता खम्बबहादुर खातीलाई तत्काल निलम्बन गर्न माग गरेको छ।
बुधवार प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै एमाले सांसद महेश बस्नेतले महान्यायाधिवक्ता खातीलाई तत्काल निलम्बन गर्न सरकार समक्ष माग गरेका हुन्।
उनले महान्यायाधिवक्ता खातीले पदमा बसेर विवादित ठगी कामहरु गरेको आरोप लगाए।
उनले भने, नेपाल सरकारको महान्यायाधिवक्ता जस्तो गरिमामय पदमा बसेको र सरकारवादी मुद्दाको वकालत गर्नुपर्ने यस्ता विवादित, यस्ता फटाहा, यस्ता ठग, यस्ता अपराधी व्यक्तिहरु कुनै हालतमा राख्नुहुन्न र तत्काल प्रधानमन्त्रीले खम्बबहादुर खातीजीलाई निलम्बन गर्नका लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। हार्दिक माग गर्न चाहन्छु।
सांसद बस्नेतले देशभर बाढीबाट धनजनको क्षति भएको भएपनि प्रधानमन्त्री र गृहमन्त्रीले राहत र पुनर्स्थापना गर्ने सम्बन्धमा उदासिनता देखाएको बताए। उनले यस सम्बन्धमा सरकारले संसदमा आएर जवाफ दिनुपर्ने माग पनि गरे।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply