ओली र लिङ्देनबीच भेटवार्ता
२८ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ ।
राप्रपाका अध्यक्ष लिङ्देनले शुक्रबार दिउँसो बालकोट पुगेर एमाले अध्यक्ष ओलीलाई भेटेका हुन् । शुक्रबार मध्याह्न १२ बजेदेखि दिउँसो दुई बजेसम्म छलफल भएको राप्राका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । स्थानीय तह निर्वाचनपछि उनीहरूबीचको यो दोस्रो भेट भएको हो । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिंदै गर्दा भेटवार्ता भए पनि विशेष एजेन्डामा छलफल भएको जानकारी नभएको प्रवक्ता श्रेष्ठले बताएका छन् ।
चुनाव नजिकिँदै जाँदा शीर्ष तहमा भेटघाट हुनु स्वाभाविक भएको भन्दै उनले भने, उहाँहरू एउटै जिल्लाको भएको कारणले पनि पार्टी पार्टी बीचको सम्बन्धका विषयमा कुराकानी भएको हुन सक्ला तर कुनै विशेष एजेण्डामा छलफल भएको जानकारी छैन ।
चुनावी तालमेल र सहकार्यको आवश्यकताको आधारमा हुनसक्ने भए पनि पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मात्रै त्यसको निणर्य गर्ने उनले बताए । केन्द्रीय कार्यसम्पादन समितिको बैठक ३० साउनमा हुँदैछ । त्यसले तालमेलबारे निणर्य गर्ला । त्यसअघि कुनै निर्णय हुने सम्भावना छैन, उनले भने ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply