ओली-त्रिपाठी बीच भेटवार्ता चुनावी सहकार्यबारे छलफल
३० साउन,काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र जनता प्रगतिशिल पार्टीका अध्यक्ष हृदयेश त्रीपाठीबीच भेटवार्ता भएको छ ।
त्रिपाठी आज बालकोट पुगेर चुनावी सहकार्यका लागि ओलीलाई प्रस्ताव गरेका छन् । यसअघि प्रतिनिधिसभा निर्वाचनमा पनि सूर्य चुनाव चिन्हबाट लडेर विजयी भएका त्रिपाठीले गठबन्धन गरेर जान आग्रह गरेका हुन् ।
विसं २०७४ सालमा तत्कालीन राष्ट्रिय जनता पार्टीबाट अलग हुँदै स्वतन्त्र बनेका थिए । उनीसँगै स्वतन्त्र बनेका बृजेशकुमार गुप्ता एमाले प्रवेश गरे पनि त्रिपाठीले नयाँ पार्टी गठन गरेका थिए ।
उनले अध्यक्ष ओलीसँग समसमायिक राजनीतिक विषयमा छलफल भएको बताए । समसमायिक राजनीतिक विषयमा छलफल भएको हो । आउँदो चुनावमा कसरी तालमेल गरेर सँगै जान सकिन्छ भन्ने विषयमा पनि कुराकानी भयो, उनले भने ।
उनीहरुबीच राष्ट्रपति विद्या देवी भण्डारीले आइतबार फिर्ता पठाएको नागरिकता विधेयक सम्बन्धमा पनि छलफल भएको छ । नागरिकता विधेयकको विषयमा अध्ययन गर्न बाँकी रहेको ओलीको भनाइ उद्धृत गर्दै उनले भने, ‘चुनावी तालमेल सामान्य कुरा हो । हामी पनि मलेर जाँउ भन्ने विषयमा गहन छलफल भएको हो, उनले भने ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply