प्रधानमन्त्रीले श्रीमती र सालाहरू अगाडि सारेर भ्रष्टाचार गरे : केपी ओली
३१ साउन, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीमती र सालाहरू अगाडि सारेर देशमा भ्रष्टाचार गरिरहेको आरोप लगाएका छन्।
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले प्रधानमन्त्री देउवाले आफन्तमार्फत देशलाई दुःख दिएको र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले छोरीलाई मेयर बनाउन मरिहत्ते गरेकै कारण केहीले राजनीतिलाई घृणा गरेको जिकिरसमेत गरे।
मंगलबार काठमाडौंमा आयोजित ‘युवा महिला र राजनीति’ विषयक विचार गोष्ठीमा बोल्दै उनले राजनीति देशका लागि, जनताका लागि, विश्व शान्ति र मानवजातिको हितका लागि हुनुपर्ने भन्दै उनले त्यसको पक्षमा आफूहरु दृढतापूर्वक उभिरहेको दावी समेत गरे।
पोलिटिक्सको नाममा छोरीलाई मेयर बनाउन मरिहत्ते, मारामार, काटाकाट। म यो पनि बेचिदिन्छु, त्यो पनि बेचिदिन्छु, जे पनि गरिदिन्छु, छोरीलाई मेयर बनाएर छोड्छु। यस्तो पोलिटिक्स गर्नु भयो भने पोलिटिक्स हुँदैन। त्यो पोलिटिक्स होइन। त्यो स्वार्थ हो। स्वार्थ र राजनीति भनेको फरक कुरा हो। राजनीतिको नाममा त्यो विकृति हो’, ओलीले भने, आफन्त लगाएर अनि भ्रष्टाचार गर्ने अनि यस्तै हो पोलिटिक्स भन्ने, पोलिटिक्स त्यस्तो हुन्छ? श्रीमती, सालाहरु अगाडि सारेर भ्रष्टाचार गरेर, देशलाई दुःख दिएर त्यस्तै हुन्छ पोलिटिक्स? अब गलत पोलिटिक्स गर्यो भने त्यो दृष्टान्त देखेपछि मान्छेले डर्टी पोलिटिक्स भन्न थाल्छ।
उनले व्यापारीका प्रतिनिधिलाई ल्याएर करको दर हेरफेर गरेपछि राजनीतिमा घृणाभाव जागृत भएको तर्कसमेत गरे।
अध्यक्ष ओलीले सत्तारुढ दलका नेताहरुले राजनीतिक नगरेको उल्लेख गर्दै त्यसका विरुद्ध लड्न पनि सबैलाई आह्वान गरे।
उनले भने, ‘व्यापारीका प्रतिनिधि ल्याएर करको दर तोक्यो, सिसिटिभी करयापकुरुप पारेर तार चुँडाएर आयो। अनि, केही पनि भेटिएन भन्यो। यस्तो ढाँट पनि हुन्छ राजनीति? अब यही देखेपछि अनि कतिपयले भन्छन–आई हेट पोलिटिक्स। यो पोलिटिक्स होइन। यसका विरुद्ध तपाँई हामी उठ्नु पर्छ। तपाईँ हामीले यसका विरुद्ध लड्नुपर्छ। पोलिटिक्सलाई स्वच्छ, सफा बनाउनु पर्छ। देशका निम्ति बनाउनुपर्छ। जनताको निम्ति बनाउनु पर्छ। स्वच्छताको निम्ति बनाउनुपर्छ। समाजका निम्ति बनाउनुपर्छ। मानव जातिका निम्ति बनाउनु पर्छ। पोलिटिक्स झगडाका लागि हो र? पोलिटिक्स झगडाका लागि होइन। पोलिटिक्स विश्व शान्तिका लागि। पोलिटिक्स राष्ट्रिय शान्तिका लागि। पोलिटिक्स बिगार्नका लागि होइन। त्यसकारण कस्तो पोलिटिक्स भन्ने कुरा हावादारी पोलिटिक्स होइन।’
अध्यक्ष ओलीले राजनीतिमा एक थोपा पनि पसिना नबगाएकाहरुले यसलाई इन्जोय गर्ने माध्यमको रुपमा लिएको टिप्पणी समेत गरे।
स्वतन्त्रको पहिचान बनाएर राजनीतिमा सहभागी भइरहेकाहरुप्रति संकेत गर्दै उनले राजनीतिलाई उनीहरुले रमाइलो गर्ने माध्यमको रुपमा लिएपनि त्यस्तो नभएको बताए।
‘कस्तो पोलिटिक्स भन्ने हुन्छ। हावादारी पोलिटिक्स होइन। हाहु को पोलिटिक्स होइन। मौसमी तालको नि। भनिदिनलाई सजिलो छ। अस्ति म यसो सुन्दै थिएँ मानिसहरुले बोलेको। दुःख नगरेका, पसिना नबगाएका, केही नगरेका, केही नगरेकालाई कमेन्ट गर्न सजिलो छ। तिनले लोकतन्त्रका लागि एक थोपा पसिना बगाएको छैन’, ओलीले भने, ‘जसले लोकतन्त्रका लागि एक थोपा पसिना बगाएको छैन। जसले कुनै बलिदान दिएको छैन। कोही परिवारको सदस्यले बलिदान दिनु परेन। उसले केही क्षति नै व्यहोरेको छैन। उसका लागि पोलिटिक्स हाहु गर्ने, इन्जोय गर्ने माध्यम बनेको छ। रमाईलो गर्ने विषय बनेको छ। तर पोलिटिक्स त्यस्तो होइन।’
अध्यक्ष ओलीले राजनीतिमा सहभागी भएर असाधारण योगदान गरिरहेको भन्दै महिलाहरुको प्रशंशा समेत गरे।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply