सहमतिपछि पनि बञ्चरेडाँडामा हटेन फोहोर विसर्जनमा अवरोध
२ भदौ, काठमाडौं । काठमाडौंबाट फोहोर बोकेर बञ्चरेडाँडा गएका गाडीहरुलाई स्थानीयले आज पनि अवरोध गरेका छन् । हिजो काठमाडौं, नुवाकोट र धादिङका प्रजिअ र सम्बन्धित पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुबीच फोहोर विसर्जनका विषयमा चार बुँदे सहमति भएको थियो ।
स्थानीयले पक्राउ परेका एक जनालाई छुटाउन माग गर्दै फोहोर बोकेको गाडी अवरुद्ध गरेको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मनान्धरले जानकारी दिए । पार्किङ गरेर राखिएका फोहोर बोकेको गाडी तोडफोड गरेको आरोपमा प्रहरीले स्थानीयलाई पक्राउ गरेको थियो । आरोपी एक जना स्थानीयलाई निःशर्त रिहाइको माग गर्दै उनीहरु आन्दोलित भएको मानन्धरले जानकारी दिए ।
बुधबार भएको ४ बुँदे सहमति पत्रमा सहमतिमा ७ दिनभित्रमा सबै टिपरहरुमा लिचेट नचुहिने व्यवस्था गर्ने, धुलो नियन्त्रण र दुर्गन्ध हटाउन औषधि छर्ने कामलाई प्रभावकारी बनाउने, प्रत्येक ३ दिनभित्र बञ्चरेडाँडा डम्पिङ साइटमा टेपिङ गर्ने काम गर्ने र आसन्न निर्वाचनमा अन्तर जिल्ला अपराध नियन्त्रणका लागि आवश्यक पर्ने सुरक्षा व्यवस्थाका लागि समन्वय गर्ने भनिएको छ ।
सहमति पत्रमा पक्राउ परेकाहरुलाई छुटाउने विषय उल्लेख नभएपनि मौखिक रुपमा उनीहरुलाई छुटाउने प्रशासनले आश्वासन दिए पनि नुछटेपछि स्थानीय बिहानैदेखि आन्दोलनमा उत्रिएका हुन् ।
बिहीबार दिउँसो धानिङको नौबिसेमा बुधबार भएको सहमतिबारे स्थानीय र सरोकारवालाहरूलाई काठमाडौंका मेयरसहित अन्य पालिकाका जनप्रतिनिधिहरुबीच छलफल हुने तय भएको मानन्धरले जानकारी दिए ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply