चुनाव जित्ने स्वार्थका लागि मात्रै एमालेले गठबन्धन गर्दैन : रायमाझी

४ भदौं, चितवन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझीले आगामी निर्वाचनमा सिद्धान्त र विचार मिल्नेसँग मात्रै गठबन्धन हुने बताएका छन् । प्रेस चौतारी नेपाल चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले जित्ने स्वार्थका लागि मात्रै एमालेले गठबन्धन नगर्ने बताए ।
नेपाली कांग्रेस बाहेकका दलहरु पटक-पटक एमालेसँग आएर गठबन्धन गर्न इच्छा जाहेर गरेको भन्दै उनले भने, लक्ष्य, उद्देश्य र विचारको राजनीतिलाई छोडेर अराजनीतिक तवरको गठबन्धन भयो भने त्यसले मुलुकलाई सही दिशातर्फ अगाडि बढाउन सक्दैन ।दलहरु स्वार्थ केन्द्रित गठबन्धन गर्न एमालेसँग आउने गरेको उल्लेख गर्दै उनले त्यसलाई एमालेले स्वीकार नगरेको बताए ।
एमालेले देशलाई विकास र समृद्धिको माध्यमबाट समाजवादतर्फ लैजान खोजेको रायमाझीको भनाइ थियो । उनले भने, वैचारिक र राजनीतिक रुपमा देशको समृद्धिका लागि समाजवादमा पुग्ने एजेन्डा एमालेसँग छ । त्यो एजेन्डा मिल्नेसँग सहकार्य गठबन्धन हुन्छ । लक्ष्य बिनाको चुनावी गठबन्धन एमालेले नगर्ने उनले बताए ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply