निर्वाचन क्षेत्र पूर्वाधार र बजेटमा नतोकिएका नयाँ कार्यक्रम नगर्न आयोगको निर्देशन
४ भदौ,काठमाडौं । निर्वाचन आयोगले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र बजेटमा नतोकिएका कुनै नयाँ आयोजना तथा कार्यक्रम सञ्चालन नगर्न निर्देशन दिएको छ । विभागले तीनै तहका सरकारहरूलाई यस्तो निर्देशन दिएको हो ।
आज विज्ञप्ति जारी गर्दै आयोगले त्यस्ता कार्यक्रमले मतदातालाई प्रभावित पार्न सक्ने जनाएको छ । समग्र निर्वाचनको निष्पक्षता र तटस्थतामा समेत प्रत्यक्ष असर पार्न सक्ने आयोगको भनाइ छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आउँदो मंसिर ४ गते एकै चरणमा हुने तय छ ।
‘प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मिति २०७९ मंसिर ४ गते आइतबारका दिन एकै चरणमा हुने गरी घोषणा भई निर्वाचनको तयारीका कार्यहरू भइरहेको सन्दर्भमा मतदातालाई प्रभावित पार्ने एवम् निर्वाचनको स्वच्छता र निष्पक्षतामा प्रभाव पार्ने प्रदेश निर्वाचन पूर्वाधार विकास कार्यक्रम वा पूर्वाधार विकास कार्यक्रम वा सोही प्रकृतिका योजना र बजेटमा नतोकिएका कुनै पनि नयाँ आयोजना तथा कार्यक्रमहरू सञ्चालन तथा कार्यान्वयन नगर्न/नगराउन नेपाल सरकार, ७ (सात)वटै प्रदेश सरकार र ७५३ (सात सय त्रिपन्न)वटै स्थानीय तहहरूलाई आयोगले निर्देशन दिएको छ’, आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply