संक्रमणकालीन न्यायासम्बन्धी विधेयक संसदमा टेबुल
७ भदौ, काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेश्रो संशोधन) विधेयक-२०७९ प्रतिनिधिसभामा प्रस्तुत गरिएको छ ।
मंगलबार बसेको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले उक्त विधेयक प्रस्तुत गरेबा हुन् । विधेयक प्रस्तुत गर्दै कानुनमन्त्री कोइरालाले माओवादीको सशस्त्र द्वन्द्वका क्रममा मारिएका परिवार र घाइतेलाई राहत प्रदान गर्नका साथै समाजमा मेलमिलाप कायम गर्न ल्याइएको विधेयकलाई सरकारले अघि बढाउन लागेको जानकारी दिए ।
द्वन्द्वपीडितलाई प्राथमिकतामा राखेर कानुन बनाउन विभिन्न सुझावहरु प्राप्त भएकाले आवश्यक सुझावहरुलाई समावेश गरेर संशोधन गर्न विधेयक तयार गरिएको उनको भनाइ छ । संक्रमणकालीन न्यायलाई तार्किक निष्कर्षमा पुराउनका लागि विधेयकलाई सदनमा पेस गरिएको उनले बताए ।
त्यसअघि, उक्त प्रस्ताव प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले गरेको विरोधको सूचनालाई बैठकले बहुमतले अस्वीकृत गरेको थियो । प्रतिनिधिसभाको अर्को बैठक भाद्र १३ गते बोलाइएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply