केन्द्रीय कमिटी बैठकमा पेश गर्ने प्रतिवेदनबारे ओलीको ब्रिफिङ
७ भदौ, काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आगामी १० गतेबाट बस्ने केन्द्रीय कमिटी बैठकमा पेश गर्ने राजनीतिक प्रतिवेदनका बारेमा ब्रिफिङ गरेका छन् । मंगलबार बसेको बैठकमा यसअघि सचिवालय बैठकले गरेका निर्णयहरु अनुमोदन गर्दै आगामी केन्द्रीय कमिटी बैठकमा पेश गर्ने राजनीतिक प्रतिवेदनका बारेमा ब्रिफिङ गरेको प्रचार विभाग प्रमुख तथा उपमहासचिव पृथ्वी सुव्वा गुरुङले जानकारी दिए ।
ओलीले आफ्नो प्रतिवेदनमा खासगरी राष्ट्रिय अन्तराष्ट्रिय अवस्था, देशभित्रको शक्ति सन्तुलनको अवस्था, सरकारको गलत नीति क्रियाकलाप र पार्टी संगठनका साथै आगामी दिनमा गर्नुपर्ने कामका विषयलाई समेट्ने भएका छन् । प्रचार विभाग प्रमुख गुरुङले यसअघि बसेका सचिवालय बैठकले गरेका निर्णयका साथै थप अध्यक्षको प्रतिवेदन केन्द्रीय कमिटी बैठकमा प्रस्तावका रुपमा लैजाने एजेण्डा थपिएको बताए ।
राजनीतिक प्रतिवेदनमा के के आउँछ भनेर अध्यक्षले ब्रिफिङ गर्नुभयो, त्यसबाहेक सचिवालय बैठकका निर्णय अनुमोदन गर्ने काम भयो, गुरुङले जानकारी दिए । यसअघिको सचिवालय बैठकले निर्वाचन परिचालन समिति र निर्वाचन घोषणापत्र मस्यौदा कार्यदल अध्यक्ष ओलीको संयोजकत्वमा गठन गरेको थियो । साथै केही केन्द्रीय सल्लाहकार र केन्द्रीय सदस्यको जिम्मेवारी हेरफेर गरेको थियो ।
एमालेले उम्मेदवार छनोटको मापदण्डको प्रस्ताव पनि केन्द्रीय कमिटीमै पेश हुने भएको छ । उम्मेदवार छनोटको मापदण्ड केन्द्रीय कमिटीमै पेश हुन्छ’, गुरुङको भनाइ छ । साथै बैठकमा गण्डकी प्रदेश इन्चार्जबाहेक अन्य ६ वटा प्रदेशका इन्चार्जले पार्टीको शक्ति सन्तुलनबारे रिपोर्टिङ गरेका थिए । त्यसक्रममा उनीहरुले एक्ला-एक्लै चुनाव लडे एमालेले अधिकांश प्रदेशमा जित्ने र बहुमत ल्याउने दावी गरेका थिए ।
बैठकमा स्थायी समिति सदस्यहरु घनश्याम भुसाल, सुवास नेम्वाङ लगायत १३ जनाले अध्यक्षको प्रतिवेदनमा समेट्नुपर्ने विषयबारे सुझाव दिएका थिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply