महाभियोग सिफारिस समितिले माग्यो चोलेन्द्रविरुद्ध उजुरी
१० भदौ, काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराकाविरुद्धमा भएका प्रमाण, कागजात वा जानकारी भए तीन दिनभित्र उपलब्ध गराउन महाभियोग सिफारिस समितिले आह्वान गरेको छ ।
गोरखापत्रमा एक सूचना जारी गर्दै तीन दिनभित्र भएका प्रमाण समितिमा पुग्ने गरी पठाउन महाभियोग सिफारिस समितिले अनुरोध गरेको छ । जबराविरुद्धको महाभियोग प्रस्तावमाथि अध्ययन सुरु गरेको छ ।
समिति गठन भएको करिब ६ महिनापछि सिंहदरबारमा बसेको सो समितिको पहिलो बैठकले अर्को बैठकमा कार्यविधि टुंगो लगाउने गरी त्यसको मस्यौदामाथि छलफल गरेको थियो । महाभियोग सिफारिस समिति ११ सदस्यीय छ ।
हेर्नुस् गोरखापत्रमा जारी सूचना
सम्माननीय प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जवराका विरुद्ध नेपालको संविधानको धारा १०१ को उपधारा (२) तथा प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १६१ बमोजिम प्रतिनिधि सभाका एक चौथाई भन्दा बढी सदस्यहरुले महाभियोग प्रस्ताव पेस गर्नु भएकोमा सो महाभियोग प्रस्ताव सम्बन्धमा नेपालको संविधानको धारा १०१ को उपधारा (३) र (४) तथा प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १६२ बमोजिम प्रतिनिधि सभाबाट गठित महाभियोग सिफारिस समितिको मिति २०७९/५/८ को बैठकले ‘महाभियोग लगाइएको आरोपसँग सम्बन्धित विषयमा प्रमाण, कागजात तथा जानकारी समितिमा उपलब्ध गराइदिन यस विषयमा सरोकार राख्ने निकाय वा व्यक्ति सबैबाट सार्वजनिक सूचना प्राकशन गरी त्यस्तो प्रमाण, कागजात तथा जानकारी माग गर्ने’ निणर्य भएकाले त्यस्तो प्रमाण, कागजात तथा जानकारी भए यो सूचना प्रकाशन भएको मितिले तीन (३) दिनभित्र यस समितिमा आइपुग्ने गरी पठाइदिनुहुन अनुरोध छ ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ

Leave a Reply