महाभियोग सिफारिस समितिले माग्यो चोलेन्द्रविरुद्ध उजुरी

१० भदौ, काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराकाविरुद्धमा भएका प्रमाण, कागजात वा जानकारी भए तीन दिनभित्र उपलब्ध गराउन महाभियोग सिफारिस समितिले आह्वान गरेको छ ।
गोरखापत्रमा एक सूचना जारी गर्दै तीन दिनभित्र भएका प्रमाण समितिमा पुग्ने गरी पठाउन महाभियोग सिफारिस समितिले अनुरोध गरेको छ । जबराविरुद्धको महाभियोग प्रस्तावमाथि अध्ययन सुरु गरेको छ ।
समिति गठन भएको करिब ६ महिनापछि सिंहदरबारमा बसेको सो समितिको पहिलो बैठकले अर्को बैठकमा कार्यविधि टुंगो लगाउने गरी त्यसको मस्यौदामाथि छलफल गरेको थियो । महाभियोग सिफारिस समिति ११ सदस्यीय छ ।
हेर्नुस् गोरखापत्रमा जारी सूचना
सम्माननीय प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जवराका विरुद्ध नेपालको संविधानको धारा १०१ को उपधारा (२) तथा प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १६१ बमोजिम प्रतिनिधि सभाका एक चौथाई भन्दा बढी सदस्यहरुले महाभियोग प्रस्ताव पेस गर्नु भएकोमा सो महाभियोग प्रस्ताव सम्बन्धमा नेपालको संविधानको धारा १०१ को उपधारा (३) र (४) तथा प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १६२ बमोजिम प्रतिनिधि सभाबाट गठित महाभियोग सिफारिस समितिको मिति २०७९/५/८ को बैठकले ‘महाभियोग लगाइएको आरोपसँग सम्बन्धित विषयमा प्रमाण, कागजात तथा जानकारी समितिमा उपलब्ध गराइदिन यस विषयमा सरोकार राख्ने निकाय वा व्यक्ति सबैबाट सार्वजनिक सूचना प्राकशन गरी त्यस्तो प्रमाण, कागजात तथा जानकारी माग गर्ने’ निणर्य भएकाले त्यस्तो प्रमाण, कागजात तथा जानकारी भए यो सूचना प्रकाशन भएको मितिले तीन (३) दिनभित्र यस समितिमा आइपुग्ने गरी पठाइदिनुहुन अनुरोध छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply