एमालेसँग एक्लै लड्न नसकेपछि गठबन्धनको वैशाखी : पौडेल
१८ भदौ,बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले एमालेसँग एक्लै चुनाव लड्न कुनै दलले आँट नगरेको बताएका छन् । एक्लै लड्ने आँट नभएपछि गठबन्धनको बैसाखी टेकेको पनि पौडेलले बताए ।
प्रेस चौतारी नेपाल, रुपन्देहीले शनिवार बुटवलमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै एमाले उपाध्यक्ष पौडेलले दलहरूले एमालेसँग एक्लै लड्न नसक्ने कुरालाई सार्वजनिक रूपमै स्वीकार गरेको दाबी पनि गरे । एमालेसँग एक्लै चुनावमा भिड्न कुनै पनि शक्तिको आँट देखिएन, उनले भने । पौडेलले आफ्नो खुट्टामा टेकेर चुनाव लड्ने पार्टी एमाले मात्र भएको जिकिर गरे ।
उनले जस्तोसुकै गठबन्धनलाई पनि जनताले परास्त गर्ने दाबी गर्दै आगामी निर्वाचनमा एमालेले नै बहुमत सिटमा विजयी हासिल गर्ने बताए । एमालेले आगामी चुनावमा बहुमत सिट जित्छ, त्यसो हुन नसके ठूलो दलको रूपमा स्थापित हुन्छ, उपाध्यक्ष पौडेलले भने ।
उनले स्थानीय तह निर्वाचनमा एमाले एक्लै लड्दा पनि धेरै जित निकालेको दाबी गर्दै प्रचारलाई व्यवस्थित गर्न आग्रह गरे । एमालेले गरेका राम्रा काम जनतामा नजाने तर गठबन्धनले आफूले गर्दै नगरिकान कामलाई समेत श्रेय लिने गरी जनतामा भ्रम फैलाउने काम गरेको भन्दै उनले त्यसलाई मिडियाले चिर्नुपर्ने बताए ।
‘सत्य कुरा जनताले थाहा पाउनु पर्छ, तर गठबन्धनले जनतामा भ्रम छर्ने मात्रै काम गरेको छ, एमालेले साढे तीन वर्ष सरकार चलाउँदा भएका राम्रा कामबारे जनतालाई बुझाउनु जरुरी छ, पौडेलले भने । उनले आउँदो निर्वाचनमा एमालेका उम्मेदवारलाई जिताउने गरी केन्द्रित हुन भातृ संगठनहरूलाई आग्रह समेत गरे । निर्वाचन सम्मुखमै आइसकेको बताउँदै पौडेलले एमालेका लागि अनुकूल नतिजा आउने गरी परिणाम निस्कने गरी आ-आफ्नो क्षेत्रबाट लाग्न आग्रह गरे ।
बुटवलमा निर्माणाधीन तिनाउ दानव कोरिडोर प्रभावितको उचित व्यवस्थापन गरिने भन्दै त्यसप्रति कसैले भ्रम सिर्जना नगर्न उनले आग्रह गरे । कोरिडोरमा पर्ने घरपरिवारलाई उनीहरूको इच्छाअनुसार चित्तबुझ्दो स्थानमा स्थानान्तर गर्ने बताउँदै पौडेलले सबैलाई ढुक्क हुन आग्रह गरे ।
एमाले काम गर्ने पार्टी भए पनि प्रचार गर्न नजान्दा त्यसको फाइदा विपक्षीले लिइरहेको उनको भनाई थियो । उनले भने, ’देशमा १६५ निर्वाचन क्षेत्रमध्ये रुपन्देही-२ विकासका हिसाबले सबैभन्दा अग्रभागमा छ । तर, हामीले ‘पोजेटिभ रेस्पोन्स’ पाउन सकिरेका छैनौँ । हामीले अब प्रचारमा पनि बढी ध्यान दिनुपर्ने अवस्था आएको, उनले भने ।
एसपीपीमा एमालेको विरोधकै कारण सरकार पछि हट्न बाध्य भएको पौडेलले बताए । एमसीसी एमालेको विरोधकाबीच कांग्रेस माओवादीले पास गरेको उनको भनाई थियो । नागरिकता विधेयक एमालेको विरोधकाबीच संसदबाट पास भयो, उपाध्यक्ष पौडेलले भने, तर यसको जस एमालेले होइन गठबन्धनले लिइरहेको छ । हामीले सहज रूपमा बुझाउन सकेका छैनौँ ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply