मन्त्रीलाई रोक्न खोज्ने सुरक्षा गार्ड पक्राउ, मुद्दा चलाउने तयारी
१९ भदौ, काठमाडौं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्नुस् भन्दा एकजना सुरक्षा गार्ड पक्राउ परेका छन्। शुक्रबार व्यक्तिगत कामको सिलसिलामा ठमेलस्थित छायाँ सेन्टर पुगेका मन्त्री श्रेष्ठलाई लाइनमा बस्न आग्रह गर्दा त्यहाँ कार्यरत एकजना सुरक्षा गार्ड पक्राउ परेका हुन् ।
मन्त्री श्रेष्ठ शुक्रबार व्यक्तिगत कामका लागि ठमेलको छायाँ सेन्टर पुगेका थिए । भिसाका लागि बायोमेट्रिक विवरण दिन पुगेका मन्त्री श्रेष्ठभन्दा अगाडि अरु थुप्रै सेवाग्राही थिए । त्यसपछि भिसा सेन्टरमा कार्यरत ‘ग्रुप फोर’ सेक्युरिटी कम्पनीसँग आवद्ध सुरक्षा गार्ड शेरजंग कुँवरले मन्त्री श्रेष्ठलाई लाइनमा बस्न आग्रह गरे ।
शुक्रबार पीएसओसहित त्यहाँ पुगेका श्रेष्ठलाई सुरुक्षा गार्डले लाइनमा बस्नुस् भन्दा मन्त्री हो भन्दै अगाडि बढ्न खोजेका थिए। त्यसपछि सुरक्षा गार्डले रोक्दै मन्त्री भए पनि लाइनमा बस्नुस् भनेका थिए।
त्यसपछि पीएसओले पनि मन्त्री हो भन्दै सम्झाएपछि सुरक्षागार्ड सबैलाई नियम बराबर हुने बताएका थिए। त्यसपछि सुरक्षा गार्ड र मन्त्रीबीच भनाभन नै भएको थियो । पछि ठेलमठेलबीच मन्त्री श्रेष्ठ काम सकेर मन्त्रालय फर्किए । त्यहीकारण सुरक्षागार्डले दुर्व्यवहार गरेको भन्दै मन्त्री श्रेष्ठले जाहेरी दिएका हुन्।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply