भारतीय स्थल सेनाध्यक्ष काठमाडौंमा, वरिष्ठ सैनिक अधिकारीले गरे स्वागत

१९ भदौ, काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डे पाँच दिने नेपाल भ्रमणको सिलसिलामा काठमाडौं आइपुगेका छन् । उनले नेपाली सैनिक अधिकारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।
प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा पाँच सदस्यीय भ्रमणदलको नेतृत्व गदै उनी केहीबेरअघि काठमाडौं आइपुगेका हुन् । भ्रमणका दौरान भारतीय सेनाध्यक्ष पाण्डेले सैनिक मञ्च टुँडिखेलस्थित विर स्मारकमा श्रद्धाञ्जली अर्पण र जङ्गी अड्डामा सम्मान गारत निरीक्षण गर्ने छन् ।
उनले प्रधान सेनापति शर्मासँग भेटघाट एवं छलफल, भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई सहयोग स्वरुप प्रदान हुने विविध सामग्रीहरुको हस्तान्तरण कार्यक्रम लगायत कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरुसँग अन्तरक्रिया र मध्य कमाण्ड मुख्यालयको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।
उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री तथा रक्षा मन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नेछन् । भ्रमणको बेला परम्परा अनुसार भारतीय सेनाध्यक्ष जनरल पाण्डेलाई राष्ट्रपति भण्डारीले एक विशेष समारोहका बीच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नेछिन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply