भारतीय सेनाध्यक्षले आज नेपाली सेनाको मानार्थ महारथीको दर्जा पाउँदै

२० भदौ, काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतका स्थल सेनाध्यक्ष मनोज पाण्डेलाई सोमबार नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिँदै छ । प्रधान सेनापति प्रभुराम शर्माको निमन्त्रणामा भारतका स्थल सेनाध्यक्ष पाण्डे पाँच दिने भ्रमणमा आइतबार काठमाडौँ आएका हुन् । भ्रमणमा उनकी पत्नी अर्चना पाण्डे पनि सहभागी छन् ।
सोमबार भारतीय सेना प्रमुखलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिँदै छ । राष्ट्रपति भवनमा आयोजना गरिने समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको सैनिक प्रवक्ता (सहायकरथी) नारायण सिलवालले जानकारी दिएका छन् ।
उनी सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण कार्यक्रममा सहभागी हुनेछन् । जंगी अड्डामा सम्मान गारत निरीक्षण र सोमबार प्रधान सेनापति प्रभुराम शर्मासँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
भारतीय सेनाको तर्फबाट पाण्डेले नेपाली सेनालाई सहयोग स्वरूप विविध सामग्रीहरूको हस्तान्तरण कार्यक्रम छ । मोटरपार्टस लगायत ननलिथल सामग्री भारतीय सेनाले नेपाली सेनालाई हस्तान्तरण गर्न लागेको छ । भ्रमण अवधिमा पाण्डेले शिवपुरी स्थित कमाण्ड तथा स्टाफ कलेजका विद्यार्थीहरूसँग अन्तरक्रिया गर्नेछन् ।
भारतीय सेना प्रमुख पाण्डेले ५ दिनको भ्रमण अवधिमा पोखरा र मुक्तिनाथको भ्रमण गर्नेछन् । पोखरा स्थित मध्य कमाण्ड हेडक्वार्टरको भ्रमण पछि मौसम अनुकूल भएमा पाण्डे मुक्तिनाथ भ्रमणमा जाने सैनिक प्रवक्ता सिलवालले जानकारी दिए ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply