भारतीय सेनाध्यक्षले आज नेपाली सेनाको मानार्थ महारथीको दर्जा पाउँदै
२० भदौ, काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतका स्थल सेनाध्यक्ष मनोज पाण्डेलाई सोमबार नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिँदै छ । प्रधान सेनापति प्रभुराम शर्माको निमन्त्रणामा भारतका स्थल सेनाध्यक्ष पाण्डे पाँच दिने भ्रमणमा आइतबार काठमाडौँ आएका हुन् । भ्रमणमा उनकी पत्नी अर्चना पाण्डे पनि सहभागी छन् ।
सोमबार भारतीय सेना प्रमुखलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिँदै छ । राष्ट्रपति भवनमा आयोजना गरिने समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको सैनिक प्रवक्ता (सहायकरथी) नारायण सिलवालले जानकारी दिएका छन् ।
उनी सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण कार्यक्रममा सहभागी हुनेछन् । जंगी अड्डामा सम्मान गारत निरीक्षण र सोमबार प्रधान सेनापति प्रभुराम शर्मासँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
भारतीय सेनाको तर्फबाट पाण्डेले नेपाली सेनालाई सहयोग स्वरूप विविध सामग्रीहरूको हस्तान्तरण कार्यक्रम छ । मोटरपार्टस लगायत ननलिथल सामग्री भारतीय सेनाले नेपाली सेनालाई हस्तान्तरण गर्न लागेको छ । भ्रमण अवधिमा पाण्डेले शिवपुरी स्थित कमाण्ड तथा स्टाफ कलेजका विद्यार्थीहरूसँग अन्तरक्रिया गर्नेछन् ।
भारतीय सेना प्रमुख पाण्डेले ५ दिनको भ्रमण अवधिमा पोखरा र मुक्तिनाथको भ्रमण गर्नेछन् । पोखरा स्थित मध्य कमाण्ड हेडक्वार्टरको भ्रमण पछि मौसम अनुकूल भएमा पाण्डे मुक्तिनाथ भ्रमणमा जाने सैनिक प्रवक्ता सिलवालले जानकारी दिए ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply