दर्जन बढी सीडीओको सरुवा, को कहाँ पुगे ?
२२ भदौ,काठमाडौं । गृह मन्त्रालयले दर्जन बढी जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओे) को सरुवा गरेको छ । मन्त्रालयले काठमाडौँ, ललितपुर, कास्की, जुम्ला, दैलेख, बाँके, सप्तरीसहितका जिल्लाका सीडीओको सरुवा गरेको हो ।
मन्त्रालयले काठमाडौँका सीडीओमा ललितपुरका सीडीओ घनश्याम उपाध्यायलाई ल्याएको छ । काठमाडौँका सीडीओ गोविन्द रिजाल गृह मन्त्रालयको कर्मचारी प्रशासन महाशाखामा तानिएका छन् । ललितपुरमा कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको सरुवा भएको छ । कास्कीको सीडीओमा गृह मन्त्रालयका प्रशासन महाशाखा प्रमुख टेकबहादुर केसी बनेका छन् ।
जुम्लाकी प्रजिअ विजया कुमारी प्रसाईृरण्लाई मन्त्रालय तान्दै त्यहाँ मुकेशकुमार केसरी पठाइएको छ । यस्तै, दैलेख जिल्ला प्रशासनको जिम्मेवारी गोगन बहादुर हमाललाई दिइएको छ भने दैलेखका हरि प्याकुरेललाई बाँकेको सहायकमा पठाइएको छ ।
यस्तै बाँकेका सहायक टोपेन्द्रबहादुर केसीलाई इलाका प्रशासन कार्यालय सिमरा, पाँचथर सुरेश न्यौपानेलाई मन्त्रालय र पाँचथरमा गणेश गैरेलाई सरुवा गरिएको छ । यसैगरी सङ्खुवासभाका प्रजिअ नुरहरि खतिवडालाई सप्तरी जिल्ला प्रशासन कार्यालय, सप्तरीको जनार्दन गौतमलाई उदयपुरको प्रजिअ र उदयपुरका वीरेन्द्र यादवलाई सङ्खुवासभामा सरुवा गरिएको बताइएको छ ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply