मापदण्ड विपरीतका पर्खाल ३५ दिनभित्र हटाउन काठमाडौं महानगरको निर्देशन
२३ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले ३५ दिनभित्र मापदण्ड विपरीत बनाइएका पर्खाल हटाउन निर्देशन दिएको छ ।
महानगरपालिकाको शहरी व्यवस्थापन विभागले बिहीबार एक सूचना जारी गर्दै ३५ दिनभित्र नियमित हुने प्रकृतिका सीमा पर्खालको हकमा नक्सा पेस नगरेमा र मापदण्ड विपरीतका सीमा पर्खाल नहटाएमा महानगरपालिकाले आफैं हटाउने जनाएको छ । हटाउँदा लागेको खर्च समेत सरकारी बाँकी सरह सम्बन्धित घर जग्गा धनीबाटै असुल उपर गरिने महानगरपालिकाले जनाएको छ ।
काठमाडौं महानगगरपालिका क्षेत्रभित्र प्रचलित भवन निर्माण सम्बन्धी मापदण्ड (भवन भन्नाले कम्पाउन्ढ वाल समेतलाई जनाउने कानूनी व्यवस्था छ) ले तोके बमोजिम जुनसुकै प्रकृतिका घर जग्गा घेर्न निर्माण गरिने सीमा पर्खाल (कम्पाउन्ड) को नक्सा पेस गरी प्रचलित कानून बमोजिम नक्सा पास भएपछि सो नक्सा बमोजिम मात्र सीमा पर्खाल निर्माण गर्नुपर्नेमा कतिपय पर्खालहरु नक्सा पास बिना तथा मापदण्ड विपरीत निर्माण भएको देखिएकोले यो सूचना प्रकाशित गरिएको छ । महानगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ ।
पर्खाल नहटाएमा महानगरपालिकाको टोलीले नै सो संरचना हटाउने जनाइएको छ । ‘अतः यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र भवन निर्माण सम्बन्धी प्रचलित मापदण्ड अनुकूल भएका तर नक्सा पास नगरी निर्माण गरिएका सीमा पर्खालको नियमित गर्ने प्रयोजनार्थ नक्सा पेस गर्न तथा ३५ दिनभित्र प्रचलित भवन निर्माण मापदण्ड विपरीत बनाइएका सीमा पर्खाल हटाउन सूचित गरिन्छ ।
उल्लेखित ३५ दिनको समयभित्र नियमित हुने प्रकृतिका सीमा पर्खालको हकमा नक्सा पेस नगरेमा र मापदण्ड विपरीतका सीमा पर्खाल नहटाएमा यसै कार्यालयबाट टोली खटी आई त्यस्ता सीमा पर्खाल हटाइनेछ र हटाउँदा लागेको खर्च समेत सरकारी बाँकी सरह सम्बन्धित घर जग्गा धनीबाटै असुल उपर गरिने व्यहोरा समेत यसै सूचना मार्फत सम्बद्ध सबै सरोकारवालालाई सूचित गरिन्छ’ जारी सूचनामा भनिएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply