बालुवाटारमा सत्ता गठबन्धनको बैठक

२३ भदौ, काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी छ । सिट बाँडफाँट विषयलाई प्रमुख एजेण्डा बनाएर बैठक बसिरहेको बालुवाटार स्रोतले जनाएको छ ।
मंसिर ४ गते हुने संघ तथा प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँट गर्न सत्ता गठबन्धनले कृष्णप्रसाद सिटौलाको नेतृत्वमा कार्यदल बनाए पनि हालसम्म ठोस निणर्य गर्न सकेको छैन । कुन दलले संघ र प्रदेशको कति सिट लिने, कुन-कुन क्षेत्र लिने भन्ने कुरामै सहमति नजुटेपछि शीर्ष नेताहरुसहितको बैठक बसेको हो ।
माओवादी अध्यक्ष प्रचण्डले कांग्रेसलाई ८० सिट, माओवादीले ६० सिट र बाँकी सिट अन्य दललाई दिने बताएका थिए। तर सत्तारुढ दलमध्ये नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले मनोमानी ढंगबाट सिट बाँडफाँड गरे एक्लै चुनाव लड्ने बताएको छ ।
एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सार्वजनिकरूपमै सम्मानजनक सिट बाँडफाँट हुने बताउँदै आएका छन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply