बालुवाटारमा सत्ता गठबन्धनको बैठक
२३ भदौ, काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी छ । सिट बाँडफाँट विषयलाई प्रमुख एजेण्डा बनाएर बैठक बसिरहेको बालुवाटार स्रोतले जनाएको छ ।
मंसिर ४ गते हुने संघ तथा प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँट गर्न सत्ता गठबन्धनले कृष्णप्रसाद सिटौलाको नेतृत्वमा कार्यदल बनाए पनि हालसम्म ठोस निणर्य गर्न सकेको छैन । कुन दलले संघ र प्रदेशको कति सिट लिने, कुन-कुन क्षेत्र लिने भन्ने कुरामै सहमति नजुटेपछि शीर्ष नेताहरुसहितको बैठक बसेको हो ।
माओवादी अध्यक्ष प्रचण्डले कांग्रेसलाई ८० सिट, माओवादीले ६० सिट र बाँकी सिट अन्य दललाई दिने बताएका थिए। तर सत्तारुढ दलमध्ये नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले मनोमानी ढंगबाट सिट बाँडफाँड गरे एक्लै चुनाव लड्ने बताएको छ ।
एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सार्वजनिकरूपमै सम्मानजनक सिट बाँडफाँट हुने बताउँदै आएका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply