दार्चुलाको लास्कु खोलामा बाढी :दर्जन बढी घर बगायो, एकै घरका चारसहित ११ बढी बेपत्ता
२५ भदौ, काठमाडौं । लगातारको भारी वर्षासँगै दार्चुला सदरमुकाम खलंगा क्षेत्रमा ठूलो बाढी आएको छ । लास्कु खोलामा आएको बाढीले एक दर्जन बढी घरहरू बगाएको छ । बाढीमा परी हालसम्म ११ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।
डुङुरीमा लास्कु खोलामा आएको बाढिले एकै घरका चार जना वेपत्ता भएको जिल्ला पहरी कार्यालय दार्चुलाका निमित्त प्रहरी प्रमुख जगत गाहामगरले जानकारी दिए । यस्तै बंगाबगड क्षेत्रमा आधा दर्जन घर महाकालीले बगाएको छ ।
नौगाडमा आएको बाढि र पहिरोले आधादर्जन बढि घरहरुमा क्षति पुगेको स्थानीय प्रेमसिह ठगुन्नाले जानकारी दिए । पहिरोले पुरेर दुई जनाको मृत्यु भएको छ । नौगाड गाउँपालिका १ का जानकी ठगु्न्नाको मृत्यु भएको छ भने वडा नम्बर २ मा मोहनराम पार्की वेपत्ता भएका छन् । खलंगास्थित दशरथनगर आधारभूत विद्यालय बाढिले बगाएको छ । दुहुँ र महाकाली जोड्ने लास्कु झोलुंगे पुल र मोटरवेल पुल लास्कु खोलाले बगाएको छ । दार्चुला तिंकर सडक अवरुद्ध भएको छ ।
दार्चुला तिंकर सडकमा पार्किङमा राखिएका चार वटा जिपहरु महाकालीले बगाएको छ । महाकाली नदी नियन्त्रण आयोजनाले निर्माण गरेको पक्की तटबन्धमा क्षति पुर्याएको छ ।
बाढीले एउटा झोलुङ्गे पुल र एउटा पक्की पुल समेत बगाएको छ । अहिले घटनास्थलमा उद्धार कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएका छन् । घटनाको थप विवरण आउनै बाँकी छ ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply