चिनियाँ नेता ली नेपालमा आजै सभामुखसँग वार्ता, भोलि देउवा, ओली र प्रचण्डलाई भेट्ने
२७ भदौ, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र चिनियाँ राष्ट्रिय जनकंग्रेसका स्थायी समिति अध्यक्ष ली चान्सु बीच आज नै भेटवार्ता हुने भएको छ । चीनबाट अपरान्ह काठमाडौं आउने ली चान्सुको टोलीलाई सभामुख सापकोटाले साँझ ५ बजे संसद भवनमा स्वागत गर्ने कार्यतालिका रहेको छ ।
उनीहरुबीच ५ः२० बजेदेखि छलफल हुने जनाइएको छ । एक घण्टा चल्ने छलफलमा दुई देशबीच विभिन्न विषयमा हस्ताक्षर हुने बताइएको छ । हस्ताक्षर हुने विषय भने खुलाइएको छैन। ली चान्सु त्यसपछि सोल्टी होटल फर्किने छन् । साँझ ७ बजे सभामुख सापकोटा सोल्टी जाने कार्यक्रम रहेको छ । चान्सुको सम्मानमा सापकोटाद्वारा आयोजना गरिएको रात्रिभोज ७ः३० बजेदेखि सुरु हुने कार्यतालिका रहेको छ ।
भोलि मंगलबार ली चानसुको कार्यतालिका ९ बजेदेखि शुरु हुनेछ । सोल्टीबाट उनी सिधै बानेश्वरस्थित संसद भवन आउने छन् । ९ः१५ पछि राष्ट्रिय सभाध्यक्ष गणे प्रसाद तिमिल्सिनासँग भेटवार्ता हुने कार्यक्रम छ । लगत्तै १० बजे नेकपा एमाले अध्यक्ष केपी शर्मासँग भेटवार्ता हुनेछ भने १०ः४५ बजे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ सँग चान्सुले भेटवार्ता गर्नेछन् ।
१२ः३० बजे होटल फर्किएपछि केही समय आराम गर्ने र भोलि नै ३ बजे सोल्टी होटलमै परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग शिष्टाचार भेटवार्ता हुने कार्यक्रम तय भएको छ । त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भोलि नै भेट्ने कार्यतालिका रहेको छ । त्यसका लागि ली चान्सु भोलि ४ बजे प्रधानमन्त्री निवास बालुवाटार पुग्ने छन् । प्रधानमन्त्रीसँग आधा घण्टा शिष्टाचार भेटवार्ता भएपछि उनी होटल फर्किने छन् ।
त्यस्तै पर्सी बुधबार ली चान्सु भक्तपुर जाने कार्यक्रम रहेको छ । उनी त्यसका लागि ९ः३० बजे त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । दुई घण्टाको ‘साइट सीन’ पछि उनी होटल फर्किने जनाइएको छ ।
ली चानसुले पर्सी बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । त्यसका लागि उनी ४ बजे महारागञ्जस्थित शीतल निवास पुग्ने छन् । चार दिने भ्रमणका लागि काठमाडौं आउन लागेको ली चानसु नेतृत्वको टोली बिहीबार चीन फर्किने कार्यक्रम रहेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply