प्रचण्डका चुनावी कमाण्डर नै एमाले प्रवेश

३०भदौ, काठमाडौं । चुनाव नजिकिँदै जाँदा नेकपा माओवादी केन्द्र त्याग्ने क्रम ह्वात्तै बढेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसको इसारामा कम्युनिष्ट आन्दोलन समाप्त पार्ने अभियान चलाएको निश्कर्षसहित आज प्रचण्डका चुनावी क्षेत्रकै प्रभावशाली नेता यमबहादुर परियार (इन्द्रजीत) नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।
माओवादी केन्द्रीय सदस्य तथा हाल चितवन जिल्ला सहइन्चार्ज परियारआज आफ्नो सिंगो टीमसहित एमालेमा प्रवेश गर्नुभएको हो ।
उहाँ चितवनमा निकै जनप्रिय नेताका रुपमा स्थापित हुनुहुन्छ । एमाले र माओवादी एकतापछि बनेको नेकपाको चितवन जिल्ला अध्यक्ष बनिसकेका परियार पाँच पटक माओवादी पार्टीको चितवन जिल्ला अध्यक्ष तथा सेक्रेटरी भइसकेका नेता हुनुहुन्छ ।
परियारसहित माओवादी जनमुक्ति सेनाका तत्कालीन ब्रिगेड कमाण्डर अन्जन तिमल्सिना पनिएमाले प्रवेशगर्नुभएको छ । परियार र तिम्सिनासहितका नवप्रवेशीलाई अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष रामबहादुर थापा बादल, सुरेन्द्र पाण्डेलगायतका नेताहरुले पार्टीमा स्वागत गर्नुभयो ।
माओवादी अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र माडीबाटै राजनीति गर्नुभएका परियार एमाले प्रवेश गरेपछि प्रचण्डलाई निकै ठूलो धक्का लागेको छ । सोही कार्यक्रममा चितवनकै कालिका नगरपालिका कमिटीका उपाध्यक्ष दिनेश विक पनि एमाले प्रवेश गर्नुभएको छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply