१ आश्विन २०७९, शनिबार ०३:०४
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
संविधान दिवसको अवसरमा काठमाडौंमा एमालेको ‘मर्निङवाक’, अध्यक्ष ओली बानेश्वरबाट हिँड्दै

१ असोज, काठमाडौं । नेकपा एमालेले संविधान दिवसको अवसर पारेर आज बिहान काठमाडौंमा वाकाथन अर्थात बिहानी पैदलयात्रा गर्दैछ ।
अरु कार्यक्रमजस्तो झन्डा, ब्यानर नबोकी विशुद्ध मर्निङवाककै रुपमा काठमाडौंका पाँच ठाउँबाट पैदलै वसन्तपुर डबली पुग्ने कार्यक्रम रहेको एमालेले जनाएको छ ।
‘संविधानको सात वर्षे यात्रा, युवा सँगसँगै पदयात्रा’ नाम दिइएको कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली नयाँ बानेश्वरबाट पैदल हिँडेर वसन्तपुर पुग्ने तयारी छ ।
संविधान दिवस पर्सि असोज ३ गते पर्ने भए पनि निर्वाचन आयोगसँग सम्बन्धित अभियानहरुमा सहभागी हुनुपर्ने भएकाले एमालेले दुई दिन अगाडि नै आज मर्निङवाक कार्यक्रम राखेको हो । बिहान ६ बजेर ४५ मिनेटदेखि सुरु हुने कार्यक्रममा सहभागी हुन एमालेले सबैलाई अपिल गरेको छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply