ठमेलमा कांग्रेसको शेखर पक्षको भेला, समानुपातिक सूची सच्याउन माग

१० असोज, काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षका विद्रोही नेताहरुको भेला ठमेलस्थित एक होटलमा जारी छ । आगामी निर्वाचनका लागि टिकट वितरणमा सभापति शेरबहादुर देउवाको भूमिकाप्रति प्रश्न उठाउँदै कोइराला समूहका दोस्रो तहका नेताहरु निरन्तर विद्रोही भेला र कार्यक्रम गरिरहेका छन् ।
पार्टीमा ४० प्रतिशत सिट मागिरहेको कोइराला समूहका नेताहरुले समानुपातिक उम्मेदवार चयनमा सभापति देउवाले एकलौटी गर्ने प्रयास गरेको भन्दै विरोध गर्दै आएका छन् । समानुपातिक सूचीमा रहेका नाम सच्याउनुपर्ने उनीहरुको माग छ । कोइराला समूहका नेताहरुले विद्रोही गतिविधि गरे पनि नेता कोइरालासहित पदाधिकारीहरु भने सहभागी छैनन् ।
ठमेलमा जारी भेलालाई बागमती प्रदेश सभापतिका प्रत्याशी जगदीश्वरनरसिंह केसीले संयोजन गरेका छन् भने भेलामा केन्द्रीय सदस्यहरु अजयबाबु शिवाकोटी, प्रकाश स्नेही, प्रतिमा गौतम, मधु आचार्य, प्रदेश १ सभापतिका प्रत्यासी गुरुराज घिमिरे, कणर्ाली प्रदेश सभापतिका प्रत्याशी भुपेन्द्रजंग शाही, धादिङ सभापति रामनाथ अधिकारी, चितवनका पूर्व सभापति जितनारायण श्रेष्ठ लगायत नेताहरु सहभागी छन् ।
विद्रोही गतिविधि गर्दै आएका नेताहरुले सभापति देउवाले बेलैमा पार्टीभित्रको शक्ति समीकरणलाई ध्यान नदिए चुनावमै विद्रोह गर्ने सम्मको चेतावनी दिँदै आएका छन् । उनीहरुले सभापति देउवाले पार्टीभित्रको प्रतिस्पर्धी समूहलाई भन्दा गठबन्धनका अन्य दलहरुलाई महत्व दिएको आरोप लगाउँदै आएका छन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply