ठमेलमा कांग्रेसको शेखर पक्षको भेला, समानुपातिक सूची सच्याउन माग
१० असोज, काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षका विद्रोही नेताहरुको भेला ठमेलस्थित एक होटलमा जारी छ । आगामी निर्वाचनका लागि टिकट वितरणमा सभापति शेरबहादुर देउवाको भूमिकाप्रति प्रश्न उठाउँदै कोइराला समूहका दोस्रो तहका नेताहरु निरन्तर विद्रोही भेला र कार्यक्रम गरिरहेका छन् ।
पार्टीमा ४० प्रतिशत सिट मागिरहेको कोइराला समूहका नेताहरुले समानुपातिक उम्मेदवार चयनमा सभापति देउवाले एकलौटी गर्ने प्रयास गरेको भन्दै विरोध गर्दै आएका छन् । समानुपातिक सूचीमा रहेका नाम सच्याउनुपर्ने उनीहरुको माग छ । कोइराला समूहका नेताहरुले विद्रोही गतिविधि गरे पनि नेता कोइरालासहित पदाधिकारीहरु भने सहभागी छैनन् ।
ठमेलमा जारी भेलालाई बागमती प्रदेश सभापतिका प्रत्याशी जगदीश्वरनरसिंह केसीले संयोजन गरेका छन् भने भेलामा केन्द्रीय सदस्यहरु अजयबाबु शिवाकोटी, प्रकाश स्नेही, प्रतिमा गौतम, मधु आचार्य, प्रदेश १ सभापतिका प्रत्यासी गुरुराज घिमिरे, कणर्ाली प्रदेश सभापतिका प्रत्याशी भुपेन्द्रजंग शाही, धादिङ सभापति रामनाथ अधिकारी, चितवनका पूर्व सभापति जितनारायण श्रेष्ठ लगायत नेताहरु सहभागी छन् ।
विद्रोही गतिविधि गर्दै आएका नेताहरुले सभापति देउवाले बेलैमा पार्टीभित्रको शक्ति समीकरणलाई ध्यान नदिए चुनावमै विद्रोह गर्ने सम्मको चेतावनी दिँदै आएका छन् । उनीहरुले सभापति देउवाले पार्टीभित्रको प्रतिस्पर्धी समूहलाई भन्दा गठबन्धनका अन्य दलहरुलाई महत्व दिएको आरोप लगाउँदै आएका छन् ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply