मनास्लु आधार शिविरमा हिमपहिरो, उद्धारका लागि पुग्यो हेलिकप्टर
१० असोज, गोरखा । गोरखाको मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो गएको छ ।
चुमनुब्री गाउँपालिका-१ स्थित मनास्लु हिमालको आधार शिविरमा पहिरो जाँदा केही पर्यटक बेपत्ता भएको खबर आएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले जानकारी दिए । यद्यपि मानवीय क्षति पुष्टि नभएको र प्रहरी घटनास्थलमा गइरहेको उनले बताए ।
पर्यटन विभागले पनि हिमपहिरो गएको पुष्टि गरेको छ । मनास्लु हिमाल आरोहण गर्न गएका विदेशी र उनीहरुका सहयोगी नेपालीहरु मनास्लु आधार शिविरमा छन् । स्रोतका अनुसार ३-४ वटा ट्रेकिङ कम्पनीको टोली आधार शिविर पुगेको छ ।
आधार शिविरमा रहेका मिङ्मा शेर्पाले हिमपहिरो आएको तर कति शक्तिशाली हो भन्ने थाहा भइनसकेको बताए । ‘हिमपहिरो आएको छ, शेर्पाहरुले उद्धार गर्दैछन्’ उनले टेलिफोनमा भने ।
पर्यटकको उद्धारका लागि सिम्रिक एयरको ९ एनटी एजेजेड कल साइनको हेलिकप्टर आधार शिविरमा अवतरण भइसकेको र अर्को हेलिकप्टर तयारी अवस्थामा रहेको सिम्रिक एयर स्रोतले जानकारी दिएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply