चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ अधिवेशन : तेस्रो कार्यकालको तयारीमा सी जिनपिङ
३१ असोज, काठमाडौं । चीनको सत्तारुढ कम्युनिस्ट पार्टीको २०औँ अधिवेशनले सन् १९७० को दशकमा माओत्सेतुङपछिका शक्तिशाली चिनियाँ नेता सी जिनपिङलाई तेस्रो पाँचवर्षे कार्यकाल दिने अनुमान गरिएको छ । ६९ वर्षीय सी तेस्रो कार्यकालका लागि निर्वाचित भएमा चीनमा उनको पकड अझ बलियो हुनेछ । सन् २०१८ मा चीनमा राष्ट्रपतिका लागि दुई कार्यकालको सीमा खारेज गरिएको थियो ।
हाल सी जिनपिङले तीनवटा उच्च पद सम्हालिरहेका छन् । महासचिवका रूपमा उनी चीनको कम्युनिस्ट पार्टीको प्रमुख हुन् भने राष्ट्रपतिको रूपमा उनी राष्ट्रप्रमुख हुन् । त्यसैगरी चीनको केन्द्रीय सैन्य आयोगको अध्यक्षको रूपमा उनले देशको सशस्त्र फौजको नेतृत्व गर्छन् । उनलाई चीनको सर्वोच्च नेता पनि भनिन्छ ।
सी अधिवेशनमा पार्टी महासचिव तथा केन्द्रीय सैन्य आयोगको अध्यक्ष र अर्को वर्ष हुने वार्षिक राष्ट्रिय जनकंग्रेसको बैठकमा अध्यक्ष हुने सम्भावना रहेको बिबिसीले जनाएको छ । आइतबारदेखि जारी महाअधिवेशनमा करिब २३ सय प्रतिनिधिमण्डल ताइनामेन स्क्वायरको ग्रेट हल अफ पिपुल्समा एक सातासम्मका लागि भेला भएका छन् ।
उनीहरूमध्ये २०५ जनालाई पार्टीको स्थायी समितिमा छनोट गरिनेछ भने करिब १७० जना वैकल्पिक सदस्यमा छनोट हुनेछन् । केन्द्रीय समितिले २५ जनालाई पार्टीको पोलिटब्युरोमा निर्वाचित गर्नेछन् ।
पोलिटब्युुरोले स्थायी समितिका सदस्य नियुक्त गर्नेछ ।
स्थायी समितिमा अहिले पार्टी महासचिव सी जिनपिङसहित सातजना सदस्य छन् । उनीहरू सबै पुरुष हुन् । सबै कार्य पार्टी अधिवेशनमा हुँदैन । महाधिवेशन सकिएको भोलिपल्ट केन्द्रीय समितिको बैठक बस्नेछ ।
तेस्रो पाँचवर्षे कार्यकालको नेतृत्व लिएमा सीले चीनलाई अझै बढी अधिनाकबादी शासन लाद्ने सम्भावना छ ।
लन्डन विश्वविद्यालयको स्कुल अफ ओरिएन्टल एन्ड अफ्रिकन स्टडिज एसओएसएसका प्राध्यापक स्टिभ साङ भन्छन्, ‘माओको नेतृत्वमा चीन एउटा अधिनाकबादी शासन थियो । हामीहरू अझै पनि त्यहाँ छैनौँ, तर त्यो दिशातर्फ उन्मुख छौँ ।’
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
Leave a Reply