नेकपा एसकी केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवार रावल एमालेमा प्रवेश
१ कात्तिक, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की केन्द्रीय सदस्य तथा समानुपातिकतर्फकी प्रतिनिधि सभा सदस्य उम्मेदवार रीता रावल नेकपा (एमाले) मा फर्किएकी छन् । अध्यक्ष केपी शर्मा ओलीले नेतृ रावललाई सोमबार साँझ बालकोटमा अविर र खादा लगाएर पार्टीमा स्वागत गरेका हुन् ।
एमाले प्रवेशपश्चात रावलले एक अर्कासँग विचार नमिल्ने अपवित्र सत्ताधारी गठबन्धनबाट देश दुर्घटनामा पर्ने देखेर आफू एमालेमै फर्किएको बताए। रावलले नेकपा (एमाले) लाई छिन्नभिन्न बनाउन सबै लागिरहेको अवस्थामा आफूले पार्टी बलियो बनाउने काममा एउटा इँटा थप्ने धारणा राखिन् ।
नेतृ रावल संविधान सभाकी सदस्य समेत थिइन् । नेकपा एसको अखिल नेपाल महिला संघकी केन्द्रीय सचिव समेत रहेकी नेतृ उनले नेकपा एकीकृत समाजवादीको पनि भविष्य नभएको दाबी गरिन् । देशको भविष्य निर्माण गर्ने पार्टी एमाले मात्र भएको र विगतमा लामो समय आफ्नो योगदान पनि यसै पार्टीमा रहेकाले पुनः एमालेमै फर्किएको रावलले बताइन् ।
म काममा विश्वास गर्छु, लोभलालच केही राखेर फर्केकी छैन, समानुपातिकतर्फको सांसद उम्मेदवारी समेत उतै छोडेर आएकी छु’उनले भनिन्, जुम्लामा जन्मेर सानैदेखि अन्यायका विरूद्ध लड्नुपर्छ भन्ने मान्यतामा कम्युनिष्ट पार्टीमा लागेकी हुँ । पार्टी काममा नमूना बनेर देखाउने छु । उनसँगै समाजवादी प्रेस संगठन जाजरकोटका सचिव अर्पण रावल पनि एमालेमा फर्किएका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply