टी-२० विश्वकपको उपाधि इङल्याण्डलाई
२७ कात्तिक, काठमाडौं । बेन स्टोक्सले अविजित अर्धशतकीय योगदान गरेपछि पाकिस्तानमाथि ५ विकेटको जित रच्दै इंग्ल्याण्डले आईसीसी टी–२० विश्वकपको उपाधि जितेको छ ।
इंग्ल्याण्डले टी-२० विश्वकप जितेको यो दोस्रोपल्ट हो । यसअघि सन् २०१० मा उपाधि जितेको थियो । मेलवर्न क्रिकेट मैदानमा पाकिस्तानले दिएको १३८ रनको लक्ष्य इंग्ल्याण्डले एक ओभर बाँकी छँदै पूरा गरेको हो ।
इंग्ल्याण्डलाई जिताउन बेन स्टोक्सले अविजित ५२ रन बनाए । ४५ रन हुँदा ३ विकेट गुमाएर दबावमा रहेकाे इंग्ल्याण्डलाई उनले जितसम्म पुर्याएका हुन् ।
स्टाेक्सले ४९ बलमा ५ चौका र १ छक्का प्रहार गरे । इंग्ल्याण्डका लागि विश्वकपमा स्टोक्सको निर्णायक प्रदर्शन यो दोस्रोपल्ट हो । उनले यसअघि घरेलु भूमिमा भएको एकदिवशीय विश्वकप फाइनलमा न्युजिल्याण्डविरूद्द अविजित ८४ रन बनाउँदै इंग्ल्याण्डलाई उपाधि दिलाएका थिए ।
इंग्ल्याण्डका लागि ओपनर कप्तान जस बट्लरले २६ तथा ह्यारी ब्रुकले २० रनको योगदान दिए । स्टाेक्सले माेइन अलीसँग मिलेर पाँचाैं विकेटका लागि ४८ रनकाे साझेदारी गर्दै जितकाे आधार तय गरेका थिए । अलीले १९ रनकाे याेगदान गरे । बलिङमा पाकिस्तानका ह्यारिस रउफले २ विकेछ लिए ।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १३७ रनमात्र बनाउन सक्यो । सेमिफाइनलमा न्युजिल्याण्डविरुद्ध शतकीय साझेदारी गरेका ओपनिङ जोडी कप्तान बाबर आजम र मोहम्मद रिजवान छिट्टै आउछ हुँदा पाकिस्तान इनिङ्सको सुरुवातदेखि नै रक्षात्मक बन्न पुगेको थियो ।
रिजवान १५ रन बनाएर आउट हुँदा तेस्रो नम्बरमा आएका मोहम्म ह्यारिसले पनि ८ रनमात्र जोड्न सके । कप्तान बाबर २८ बलमा ३२ रन बनाएर आउट हुँदा ११.१ ओभरमा पाकिस्तान ८४–३ को अवस्थामा पुगेको थियो । त्यसको अर्को ओभरमै आउट भएका इफ्तिकर अहमदले रनको खाता खोल्नै सकेनन् ।
पाँचौं विकेटका लागि शान मसुद र सादव खानले ३६ रनको साझेदारी गरेका थिए । शानले २८ बलमा सर्वाधिक ३८ रन बनाए । सादव २० रनमा आउट भए । त्यसपछि पाकिस्तानका अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् ।
इंग्ल्याण्डका साम कुरानले ३ विकेट लिए । उनले ४ ओभरमा १२ रनमात्र खर्चिए । आदिल रशिद र क्रिश जोर्डनले २ तथा बेन स्टोक्सले १ विकेट लिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply