गठबन्धन खरानीको डल्लो हो, मंसिर ४ पछि रहँदैन : अध्यक्ष ओली

३० कात्तिक, विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ पछि माओवादी ५÷७ सिटमा मात्र सीमित हुने बताउनुभएको छ । विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले अहिलेको गठबन्धन खरानीको डल्लो भएको भन्दै मंसिर ४ पछि डल्लो फुट्ने दाबी गर्नुभयो । मंसिर ४ को निर्वाचन पछि माओवादी खरानीको डल्लो फुट्ने र माओवादी सडकमा जाने टिप्पणी गर्नुभयो ।
उहाँले मंसिर ४ पछि एमालेको बहुमतको सरकार बन्ने दाबी गर्नुभयो । एमालेको सरकार बन्ने बित्तिकै ओलीले गठबन्धन नरहने बताउनुभयो । ‘यो गठबन्धन मंसिर ४ पछि रहँदैन, खरानीको डल्लोजस्तै हो, उहाँले थप्नुभयो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन २० वर्ष टिक्छ भनी दिएको अभिव्यक्ति प्रति लक्षित गर्दै ओलीले हिजो छोरी बिकाउनको लागि १५ वर्ष भनेको र आज आफू बिक्नका लागि २० वर्ष भनेर हल्ला मात्र चलाइएको बताउनुभयो ।
गठबन्धन २० वर्ष टिक्छ भन्ने जस्तो भावुक कुरा केही हैन, ओलीले भन्नुभयो,‘नचाहिने खालका प्रलोभन बाँडेको हो, हिजो छोरी बिकाउन १५ वर्ष भने, आज आफू बिक्न २० वर्ष भन्दै छन् । अरू कसैको श्रीमती, कसैको छोरा, कसैका ज्वाइँलाई जिताउनको लागि दिइने अभिव्यक्ति राष्ट्रिय राजनीतिको विषय बन्दैनन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply