५ मंसिर २०७९, सोमबार १२:१९
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
झापा ५ मा एमाले अध्यक्ष ओली दोब्बर मतले अगाडि
५ मंसिर, झापा । झापा क्षेत्र नम्बर–५ बाट उम्मेदवार बनेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रारम्भिक गणनामै फराकिलो अग्रता लिएका छन् ।
अहिलेसम्म गणना भएको ६,२१५ मतमध्ये ओलीले ३,२१२ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली काँग्रेसका खगेन्द्र पाण्डव अधिकारीले १,५२३ मत प्राप्त गरेका छन् । अहिले गौरीगन्ज गाउँपालिकाबाट गणना भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
ओली उम्मेदवार रहेको झापा क्षेत्र नम्बर ५ मा सोमबार मध्यान्ह १२ बजेदेखि मत गन्न थालिएको थियो । ६ हजार वटा मतपत्र गनेर सकिएपछि नतिजा सार्वजनिक गरिएको निर्वाचन अधिकृत डम्बर काफ्लेले जानकारी दिएका छन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply