गुल्मीमा जीप दुर्घटना : चारको घटनास्थलमै मृत्यु, पाँच जना घाइते
७ मंसिर,गुल्मी । गुल्मीको सत्यवतीमा जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । सत्यवती गाउँपालिका– ३, ठूलोलुम्पेकबाट कुढडाँडा जाँदै गरेको लु ३ च ५३४० नम्बरको जीप आज बिहान कुढडाडाँमा दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको र पाँच जना घाइते प्रहरीले जनाएको छ ।
राति करिब बुधबार बिहान २ बजे भएको दुर्घटनामा परी मृत्यु हुनेहरुमा सत्यवती– ३ का जीप धनी ५१ वर्षका झलक सोमै, ५५ वर्षका टीका राहादी, ४७ वर्षका रनबहादुर सिजापति, २५ वर्षका मिलन तरामोको रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब निरीक्षक कृष्णप्रसाद आचार्यले जानकारी दिएका छन् ।
घाइते हुनेहरुमा सत्यवती– ३ का ३३ वर्षका कार्बाेलिन सोमै, ४३ वर्षकी जमुना सोमै, ३२ वर्षका चेतमान सिञ्जाली, ४९ वर्षका गिरबहादुर राहादी र खण्डन सोमै रहेको आचार्यले बताए ।
घाइते पाँच जनालाई थप उपचारको लागि पाल्पा पठाइएको सत्यवती गाउँपालिकाका उपाध्यक्ष निरमाया तरामुले जानकारी दिइन् । दुर्घटनाको सूचना प्राप्त हुनसाथ उद्धारको लागि एम्बुलेन्ससहितको प्रहरीको टोली घटनास्थलतर्फ लागेको गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply