धनगढीमा निषेधाज्ञा तोड्दै प्रदर्शन, पाँच विद्यार्थी पक्राउ
१६ मंसिर, धनगढी । कैलालीको धनगढीमा बिहीबार ग्रेडरको ठक्करबाट १५ बर्षीया बालिका चेतना साउदको मृत्यु भएपछि शुरु भएको प्रदर्शन अझै साम्य हुन सकेको छैन ।
विद्यार्थीहरुले आज पनि निषेधाज्ञा तोड्दै प्रदर्शन जारी राखेका छन् । यसैबीच प्रहरीले पाँच जना विद्यार्थीलाई पक्राउ गरेको छ । पञ्चोदय मावि हसनपुरको कक्षा ८ मा अध्ययनरत साउदलाई साइकलमा विद्यालय गइरहेका बेलामा ग्रेडररले ठक्कर दिएको थियो ।
प्रदर्शन उग्र बनेपछि जिल्ला प्रशासन कार्यालयले हिजोदेखि धनगढीमा निषेधाज्ञा समेत जारी गरेको छ । प्रदर्शनमा उत्रिएका विद्यार्थीलाई नै प्रहरीले पक्राउ गरेपछि अहिले अभिभावक नै प्रदर्शनमा उत्रिएका छन् । निषेधाज्ञा लागु गरिएको घटनास्थल आसपासको क्षेत्रमा जम्मा भएका स्थानीय र विद्यार्थीले चेतनालाई न्याय माग्दै प्रदर्शन गरिरहेका छन् ।
उनीहरुले दोषीलाई कारवाहीको दायरमा ल्याउनुपर्ने र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । बिहीबार बिहान धनगढी उपमहानगरपालिका–५ स्थित पिपलचौतारा नजिकै कालिका कन्सट्रक्सनको ना १ क ९७५ नम्बरको ग्रेडरले ठक्कर दिंदा साइकलमा विद्यालय गइरहेकी १५ वर्षीया साउदको घटनास्थलमै मृत्यु भएको थियो ।
घटनाको विरोधमा बालिका अध्ययनरत पञ्चोदय माध्यमिक विद्यालयका विद्यार्थीले बिहीबार दिनभर धनगढीमा प्रदर्शन गरेका थिए भने आन्दोलनकारी घटनास्थलबाट शव उठाउन दिएका थिएनन् । स्थानीय प्रशासनले बिहीबार साँझ घटनास्थल आसपासको क्षेत्रमा निषेधाज्ञा लागु गर्दै शव उठाएको थियो तर स्थानीयले भने उनको शव लैजाने क्रममा समेत नाराबाजीसहित प्रदर्शन गरेका थिए ।
सम्बन्धित समाचार
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
Leave a Reply